बुधबार, साउन १ २०७६
काठमाडौं १४:११
वासिङटन डिसी 04:26

न्युयोर्कमा युएस नेपाल चिल्ड्रेन ट्यालेन्ट शो जुन २९ मा

इनेप्लिज २०७६ असार २ गते १०:४२ मा प्रकाशित

युएस नेपाल चिल्ड्रेन ट्यालेन्ट शोको दोश्रो संस्करण जुन २९ मा न्युयोर्कमा हुने भएको छ । न्युयोर्कको अस्टोरिया चियान फेडेरेसनमा हुने शोको आयोजना गैर नाफामुलक संस्था एन एण्ड जे इन्टरटेन्मेन्ट एनवाई इन्कले गर्ने भएको छ ।

नेपाली अमेरिकन कला साहित्य र संस्कृतिको प्रबद्र्धन तथा नेपाली अमेरिकन बालबालिकाहरुमा लुकेको कला प्रदर्शनीका लागि शोको आयोजना गरिएको आयोजकको भनाई छ ।

६ बर्षदेखि १६ बर्षसम्मका बालबालिकाहरुलाई कार्यक्रममा सहभागिताका लागि अनुरोध गरिएको छ । कार्यक्रममा अमेरिका, क्यानडा लगायत जुनसुकै देशमा रहेका बालबालिकाहरुले पनि सहभागिता जनाउन सक्नेछन् ।

अमेरिकी भिसा, ग्रिनकार्ड, नागरिकता लगायत सबै अध्यागमन अपडेट भिडियोमा हेर्न खसोखासको युट्युब च्यानल सब्सक्राइब गर्नुहोस् । यस अगाडि सन् २०१७ मा पहिलोपटक ट्यालेन्ट शोको आयोजना गरिएको थियो । ट्यालेन्ट शोमा भाग लिनका लागि जुन २१ अगाडि नै आफ्नो नाम दर्ता गराउनुपर्नेछ ।

सका लागि इमेल ठेगाना [email protected] वा [email protected] वा फोन नम्बर 347-896-3590 मार्फत आयोजकलाई सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया