मंगलबार, असोज २८ २०७६
काठमाडौं ११:५७
वासिङटन डिसी 02:12

सानको नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम भव्यताको साथ सम्पन्न

बिशेष तस्विरहरु सहित

विजय थापा २०७६ असार १ गते २२:१८ मा प्रकाशित

डिसी । सोसाइटी अफ अमेरिकन नेपालिज नर्सेस (सान )ले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ । यस बर्ष लामो समय देखि प्रचार प्रसार तथा निशुल्क स्वास्थ्य शिविरको अतिरिक्त अन्य कुराहरुलाई समेत समाबेस गरिएको हुनाले गत बर्ष भन्दा ज्यादा भिड हुन् पुग्यो ।

अमेरिकाको भर्जिनियाको फेयर फ्याक्स स्थित दुर्गा मन्दिरमा सम्पन्न हुने उक्त शिविर कार्यक्रममा सामूहिक रुपमा बुवाको मुख हेर्ने दिन फादर्स डे (कुसे औसी)मनाइदै केक समेत काटिएको थियो । बिहान ८ बजे नै रक्तदानको लागि झिकाइएको चलायमान सवारी साधन (बस )पुगेको थियो भने केहि समय पछि कार्यक्रम सुरु भै निरन्तर कार्यक्रम चौतर्फी संचालन रहेको थियो ।

बुवाको मुख हेर्ने दिन भएकोले बिहानै देखि आएका स्वयम् सेवक ,चिकित्सक,जाँच गर्न आएका बिरामी ,बालबालिका तथा अतिथिहरुलाई सबैलाई फलाहार सहित खाजा र शाकाहारी खाना निशुल्क खुवाइएको थियो ।

ओशोका स्वामी सुवर्ण पन्तले ध्यान ( मेडिटेसन )को अभ्यास गराएका थिए । यसै गरि स्वास्थ्य बन्नको लागि कुर्सि मै बसेर बिशेष योगा सिकाईएको थियो । कार्यक्रममा रक्तदान ,दाँत सम्बन्धि परीक्षण ,कसरी आफ्नो स्वास्थ्यलाई तन्दुरुस्त र पोषण बारेमा ज्ञानको साथै स्वास्थ्य शिक्षा लगायतका कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

यसै गरि स्वास्थ्य परिचारिका तथा विधा वारिधि कल्पना सत्यालले स्वास्थ्य शिविरमा ड्रामिङ्ग सर्कल अर्थात् ढोल वृतको प्रस्तुति समेत गरेकी थिइन् । जसले तनावलाई मुक्त गर्न मदत पुगे हुनाले उक्त नयाँ माध्यमलाई प्रयोग गरेकी थिइन् ।

यसै गरि कलाकार निता श्रेष्ठले हिमालयन सिङ्गिङ्ग बौल ( हिमालयन गायन कचौरा )को पित्तलको ठूला कचौरा प्रयोग गरि प्राथमिक उपचार गरेकी थिइन् । बिरामी जाँच कार्यक्रम बिहान ९ बजे देखि २ बजे सम्म चलेको थियो । उक्त जांचको लागि चिकित्सक गुणराज सुबेदी ,चिकित्सक मदन उप्रेती ,चिकित्सक नारायण धरेल ,चिकित्सक अंकित पोखरेल ,चिकित्सक मेरिना पोख्रेल ,राजेश सुबेदी,माला मेहता लगायतले सहयोग गरेका थिए ।

यसै गरि भारतीय मूलका चिकित्सक साथै फार्मेसी ,तन्दुरुस्त तथा पोषण सम्बन्धि चिकित्सक सरगम महतले परामर्श दिएका थिए । मानसिक रोग चिकित्सक मदन उप्रेतीले रोग सम्बन्धमा संक्षेपमा चर्चा गरेका थिए । कार्यक्रम समापन अगाडी सानकि अध्यक्ष मंजु कार्की सग्रौलाले सबैलाई धन्यवाद दिएकी थिइन् ।

उक्त शिविर कार्यक्रममा स्वयम् सेवक ,संचार माध्यम ,सहयोगी ,स्वास्थ्य परिचारिका ,अन्य सहयोगकर्ता ,चिकित्सक तथा अन्यलाई प्रमाणपत्र वितरण महा बाणिज्यदूत प्रेम राजा महतले गरेका थिए ।

प्रतिक्रिया