दिदी बहिनी समुहको आयोजनामा बनभोज कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट २०७६ असार १ गते २१:२७ मा प्रकाशित


नातिबाबु भट्ट

कोलोराडो, अमेरीका

अमेरीका स्थित कोलोराडोमा रहेका नेपाली महिला दिदीबहिनीहरु बिच भेटघाट र एक आपसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले आयोजना गरिएको बनभोज कार्यक्रम विभिन्न कार्यक्रम संगै शनीबार सम्पन्न भयो ।

दिदीबहिनी समुह कोलोराडोको आयोजनामा तथा दिदीबहिनी र दाताहरुको सकृय सहयोगमा बनभोज कार्यक्रम सम्पन्न भएको हो । कोलोराडो स्थित चेरीपार्क थ्रोन्टनमा आयोजित कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनधि, बुद्धीजिवी, ब्यवसाही, पत्रकार, कलाकार तथा स्थानीयहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।


महिला दिदी बहिनीहरु बिच एक आपसमा समन्वय, सहयोग र महिला हक हितकालागी संगठीत दिदीबहिनी समुहले नेपाली समुदाय बिच यस्ता सामाजिक तथा सास्कृतिक कार्यक्रमहरुको आयोजना गर्दै आएको दिदी बहिनी समुहका संयोजक धन पौडेलले बताएकी छन् । यस्ता कार्यक्रमहरुबाट यस कर्मभुमीमा हुर्केका बाल बालिका र स्थानीयहरुलाई नेपाली भाषा संस्कृतीको पहिचाहन गराउन तथा महिला दिदी बहिनीहरुलाई परेको समस्या एक आपसमा छलफल गर्न सजिलो हुने पौडेलको भनाई छ ।

कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न बाल बलिकाहरु बिच पिनटा फुटाउने खेल, महिला दिदीबहिनी बिच चम्चा गुच्चा खेल, पुरुषहरु बिच भलीबल प्रतियोगिता खेल, नेपाली मौलीक संगीतमा नाचगान जस्ता कार्यक्रमहरु आयोजना गरिएको थियो । बनभोज कार्यक्रममा समुहका दिदी बहिनीहरले घर घरमा तयार बनाएर ल्याईएका स्वादिष्ट नेपाली खानाका परिकारहरु उपलब्ध गराईएको थियो ।

नातिबाबु भट्ट

पत्रकार/लेखक

प्रतिक्रिया