आगलागीबाट १४ लाख ४४ हजार बराबरको धनमालको क्षति

इनेप्लिज २०७६ असार १ गते ११:२८ मा प्रकाशित

तुलसीपुर, १ असार । दाङको घोराही–१ चित्रटारीमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

गएराति १ बजेको समयमा वासुदेव घर्तीको घर र गोठमा आगलागी हुँदा घरगोठ पूर्णरूपमा जली नष्ट भएको र आगलागीबाट रु १४ लाख ४४ हजार बराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

त्यस्तै दाङको बबई गाउँपालिका–३ हंसपुरस्थित सावित्रा नेपालीको फुसले छाएको गोठमा अचानक आगलागी हुँदा गोठ पूर्णरूपमा जली नष्ट भएको र उक्त गोठमा रहेका तीन बाख्रा जलेको प्रहरीले जानकारी दिएको छ ।

आगलागी बाट रु ४५ हजार बराबरको क्षति भएको छ भने आगो स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रतिक्रिया