बुधबार, असोज २९ २०७६
काठमाडौं ११:३३
वासिङटन डिसी 01:48

आदर्श नेपाली समाजको बार्षिक बनभोज मनोरन्जनात्मक तथा हर्षोल्लाससाथ सम्पन्न(बिशेष तस्बिरहरु)

इनेप्लिज २०७६ असार १ गते २:३१ मा प्रकाशित

डिसी । अमेरिकाको भर्जिनिया को हर्नडन स्थित आदर्श नेपाली समाजको बार्षिक बनभोज मनोरन्जनात्मक तथा हर्षोल्लाससाथ सम्पन्न भएको छ । बार्षिक रुपमा मनाउदै आएको बनभोजलाई यस बर्ष पनि ग्रीष्म कालिन बनभोजको आयोजना गर्न सफल भएको छ ।

बिहान १० बजे देखि नै चहल पहल सुरु भएता पनि मानिसहरुको आवत जावत बाक्लो भने दिउसो देखि चाप बढेको थियो । बिशेष गरि रेस्टन ,हर्नडन,स्टरलिङ्ग आशबर्न का नेपाली समुदायद्वारा आफै घरमा बनाएर ल्याएका विभिन्न परिकारका खाद्य सामाग्रीहरु खुवाईएको थियो ।

बाहिर किनेर नल्याई आफ़्नै हातले बनाएर स्वादिलो प्रकारका नेपाली स्वादका खानेकुराहरु अतिथिहरुलाई खुवाईएको छ । प्रचण्ड गर्मीको कारण खर्बुजा ,पानी ,अचारका विभिन्न परिकार ,कुखुराको मासुको सेकुवा ,चना ,भुजा ,चिउरा ,खिर ,तरकारी ,आदी ईत्यादी विभिन्न परिकारका चिजहरु राखिएको थियो ।

उक्त बनभोजमा सार्वजनिक रुपमा सूचना जारी गरिएको थिएन भने आफ्ना सदस्य र समुदायका विभिन्न संघ/ संस्थाका प्रतिनिधिहरुलाई व्यक्तिगत रुपमा निमन्त्रणा गरिएको थियो ।

कार्यकममा नेपाली गीतहरु घन्किएका थिए भने चेलीबेटीहरु/महिला दिदि बहिनीहरु गर्मीको वास्ता नगर्दै मस्तले नाचेका थिए । बनभोजमा चिट्ठा पनि खेलाइएको थियो । उक्त संस्था संग आबद्ध रहेका हर्नडन नगर परिषद सदस्य प्रदिप ढकालको बिशेष पहलमा भर्जिनियाकि सिनेटर लगायत स्थानीय स्तरका नेतृत्वहरुको पनि उपस्थिति रहेको थियो ।

बनभोज भएता पनि उपस्थित बिदेशीहरुले शुभकामना दिनुको साथै नेपाली समुदाय संग काम गर्न इच्छुक रहेको र सहयोग गर्न तयार रहेको बताएका थिए । बनभोजमा साना काखे बालक देखि लिएर हजुरबुवा तथा हजुर आमा सम्म उमेरकाले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया