मंगलबार, असोज २८ २०७६
काठमाडौं ११:५५
वासिङटन डिसी 02:10

एनआरएनए भर्जिनिया द्वारा युएनए सम्मेलनमा डिसी क्षेत्रबाट सहभागी भै बिजयी भएका विभिन्न विधाका खेलाडी तथा कलाकारलाई सम्मान

इनेप्लिज २०७६ असार १ गते १:०३ मा प्रकाशित

डिसी । युनाईटेड नेप्लिज एसोसिएसन(युएनए )को चौथो सम्मेलनमा डिसी क्षेत्र बाट सहभागी भै विभिन्न विधामा बिजयी हुनेहरुलाई सम्मान गरेको छ । न्यू योर्कमा गत मे २५ र २६ मा युएनए सम्मेलन सफलतापूर्वक सम्पन्न भएको थियो भने सन् २०२० मा युएनए सम्मेलन बाल्टिमोरमा हुने छ ।

 

उक्त सम्मान कार्यक्रममा लिटल ट्यालेन्ट २०१९ मा भर्जिनियाबाट दोश्रो स्थान प्राप्त गर्ने रियाना दाहाल ,भर्जिनिया कै सर्बोत्तम हुने रोमा भण्डारी ,र छैठौ स्थान प्राप्त गर्ने वर्षा पराजुलीलाई सम्मान गरिएको छ । डिसीबाट सर्बोत्तम हुने ऐश्वर्य लक्ष्मी निरौला ,उत्कृष्ट १० प्रतियोगी हुन् सफल निशी केसी ,उत्कृष्ट १० प्रतियोगी हुन् सफल सृस्टी खनाल र सुयक्षा नेपाललाई समेत सम्मान गरिएको छ ।

यसै गरि बिई -हिज्जे (bee ) प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने अग्रणी शाही तथा वक्तृत्व प्रतियोगितामा भर्जिनिया बाट प्रथम हुने परिवर्तन पराजुलीलाई समेत सम्मानित गरिएको छ । कार्यकम फेयरफ्याक्स ब्राडक रोड स्थित मोट सामुदायिक केन्द्रमा भएको थियो । उक्त सम्मान कार्यक्रममा बास्केटबल खेलाडीहरु क्रमस अनिश कटवाल,सन्दिप प्रधान,तरण रानडवा ,सौरव देवकोटा, अनुराग बराल ,पराग बराल ,दले (दलाई )लामा ,रोमियो केसी ,निश्चल प्रधान ,अंकित भट्टराई ,निक श्रेष्ठ तथा अभिषेक बस्नेत लाई समेत सम्मान गरिएको छ ।

सबैलाई प्रमाण पत्र वितरण गैर आवासीय नेपाली संघ भर्जिनिया शाखाका अध्यक्ष गोविन्द सुबेदीले गरेका थिए भने डिसी क्षेत्रमा आयोजना भएको बालबालिका प्रतिभा प्रतियोगितामा निर्णायक भएका प्रकाश नेपालले खादा लगाई दिएका थिए ।

उक्त सम्मान कार्यक्रममा बालबालिका प्रतिभा प्रतियोगिताकि संयोजक बिना खडकालामा ,समाजसेवीहरु क्रमस किरण प्रताप केसी,प्रकाश नेपाल,चन्द्र लामा ,संचारकर्मी विजय थापा ,कृष्ण भण्डारी सादगी लगायतले छोटोमा बिजयी तथा सहभागी हुनेलाई हौशला प्रदान गर्दै प्रोत्साहन गरेका थिए ।

यसै गरि स्वागत मन्तब्य गोविन्द सुबेदीले गरेका थिए भने कार्यक्रम संचालन एनआरएनका सचिव सुरेश अधिकारीले गरेका थिए । कार्यक्रम संचालक अधिकारीले प्रमाण पत्र वितरण गर्नु अगाडी सबैलाई आफ्नो परिचय गर्न भने पछि छोटोमा परिचय दिदै कुन विधामा जितेको कुरा भनेका थिए । यसै गरि बिजेता को साथै सहभागि जनाएका खेलाडी तथा प्रस्तोताका सबै अभिभावकले पनि आफ्ना सन्तानको बारेमा मन्तब्य राखेका थिए ।

समग्रमा सबै अभिभावकले हौशला प्रदान गर्नु पर्ने कुरामा जोड दिदै डिसी क्षेत्रको लागि नाम राखेकोमा बधाई तथा शुभकामाना दिएका थिए । प्रमाण पत्र लिन बास्केट बल ( टोकरी भकुण्डो ) का खेलाडीहरु काम बिशेषले गर्दा अनुपस्थित रहेका थिए भने उनीहरुको प्रमाण पत्र समाजसेवी किरण प्रताप केसीले ग्रहण गरेका थिए ।

प्रतिक्रिया