बुधबार, साउन १ २०७६
काठमाडौं १५:०४
वासिङटन डिसी 05:19

मेरिल्याण्डको बन्दुक पसलमा एका बिहानै डकैती गर्ने ३ जना प्रकाउ

इनेप्लिज २०७६ जेठ ३२ गते १०:०७ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको रकभिल शहर स्थित एक बन्दुक बेचबिखन पसलमा एका बिहानै डकैती गर्ने ३ जना पक्राउ परेका छन । पक्राउ संगै उनीहरु गत हप्ता नै अर्को होवार्ड काउन्टीमा अर्को चोरीमा संलग्न रहेको प्रहरीले जनाएका छन् । प्रक्राउ पर्नेहरुका एक किशोर १५ बर्षिय जसको नाम उल्लेख गरिएको छैन ।

अर्का १७ बर्षिय ब्रान्डन एलेन ज्याक्सन तथा २१ बर्षिय टेरेंस मेसि जुनियर लाई पक्राउ गरिएको छ । उक्त क्षेत्र हेर्ने मन्टगोमेरी काउन्टीका प्रहरीका अनुसार चोरी गरि ४ जना फरार भएका थिए ।

उक्त घटनामा प्रहरीका अनुसार एक जनाको मृत्यु भएको थियो । गत जुन १३ बिहिबार बिहान २ बजेर ३० मिनेट जाँदा डकैति भएको थियो ढोका फोडेर डाकाहरु भित्र पसे पछि जडान गरिएको स्वचालित घन्टी बजे पछि प्रहरी आई पुगेको थियो । प्रहरी घटनास्थलमा पुग्दा प्रहरी धोका खोलेर बाहिर निस्के पछि उक्त सवारी साधनले प्रहरीको गाडीलाई ठोक्याएर भागेका थिए ।

समाचार श्रोत : डब्लुटिओपी ;तस्बिर : मन्टगोमेरी काउन्टीका प्रहरी

प्रतिक्रिया