बुधबार, साउन १ २०७६
काठमाडौं १४:४०
वासिङटन डिसी 04:55

दुर्गा मन्दिरमा हुने निशुल्क स्वास्थ्य शिविरमा बुवाको मुख हेर्ने (औसी ) तथा दिवा भोजन पनि गराइने

इनेप्लिज २०७६ जेठ ३२ गते ०:४८ मा प्रकाशित

 

 

डिसी । आगामी जुन १६ तारिख दुर्गा मन्दिरमा हुने नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रममा सामूहिक बुवाको मुख हेर्ने ( फादर्स डे ) मनाउनुको साथै दिवा भोजन समेत गराइने सान( सोसाइटी अफ अमेरिकन नेपालिज नर्सेस )कि अध्यक्ष मंजु कार्की सग्रौलाले बताउनु भएको छ ।

उक्त स्वास्थ्य शिविर कार्यक्रम सबैको लागि नि:शुल्क रहेको समेत अध्यक्ष कार्कीले ईनेप्लिज लाई बताउनु भएको छ । अमेरिकामा बुवाको मुख हेर्ने दि परेकोले केक  काट्ने समेत कार्यक्रम रहेको छ ।

कार्यक्रममा यस समुदायका आवस्यक पर्ने सबैलाई निशुल्क स्वाथ्य परिक्षण गरिने हुनाले आफु ,आफ्ना परिवार,छर छिमेकी साथीभाई सबैमा खबर पुर्याई दिन अनुरोध गरिएको छ ।

बिहान ८ बजे देखि ९:३० सम्म स्वामी सुवर्ण द्वारा ध्यान ( मेडिटेसन )को अभ्यास गराइने छ । यसै गरि रक्तदान कार्यक्रम ९ देखि २ बजे सम्म रहने छ । यसै गरि दाँत सम्बन्धि परिक्षण गरिने को साथै स्वास्थ्य शिक्षा लगायत को कार्यक्रम रहेको छ ।

बिरामी जाँच कार्यक्रम बिहान ९ बजे देखि १ बजे सम्म हुने छ । उक्त जांचको लागि चिकित्सक महेश्वर बैद्य ,गुणराज सुबेदी ,जुडी फ्रेड्रीक्सन ,नारायण धरेल ,राजेश सुबेदी तथा माला मेहता रहनु हुने छ ।

ठिक १२ बजे सामूहिक रुपमा बुवाको मुख हेर्ने अर्थात् फादर्स डे मनाइने छ ।

बिस्तृत जानकारी यस प्रकार छ ।

प्रतिक्रिया