ध्रुव अब पायल मा

इनेप्लिज २०७६ जेठ ३१ गते २३:४६ मा प्रकाशित

चलचित्र र व्यवसायलाई सगसँगै लाने गरेका अभिनेता ध्रुव अब पायल नामक नयाँ चलचित्रमा देखिने भएका छन् । फाल्गुनन्द लिङ्देल फिल्म प्रा।लि ले निर्माण गर्न लागेको चलचित्र ‘पायल’ मा उनी देखिन लागेका हुन् । ‘पायल’ लाई दीनेश लिङ्देलले निर्देशन गर्ने छन् ।

ध्रुव चलचित्र कार्यमा करिव डेड दशकदेखी त्रियाशील छन् । ध्रुवले प्लान, को हूं म, सन्त्रास, क्रइम, क्रइम–२, जीवन मृत्यु लगायतका चलचित्रमा अभिनेता भएर काम गरी सकेका छन् भने हिरो रीटन्र्स नामक चलचित्र उनकै व्यानरमा बनेको हो । यसो त ध्रुवले करिब ३ दर्जन जति म्यूजिक भिडियोमा पनि अभिनय गरीसकेका छन् ।

ध्रुव न्यौपाने सगँ अपोजिट रोलमा रीया श्रेष्ठ देखिदै छीन् । यसका अलवा ‘पायल’ मा राजकुमार लिङ्देल, नरेन्द्र सेन्दाङ, राजु घिमिरे, उदय सुव्बा, हस्त लिवाङ, दीलीप ठकुरी, आरपी दाहाल आदी कलाकार रहने छन् । चलचित्रको मुहर्त गरीसकिएको छ, भने सोमवार बाट छायाङ्कनमा जानेछ ।

प्रतिक्रिया