अमेरिकाबाट नेपाल आएर रामप्रसाद खनालले गाए पञ्चेबाजाको मन छुने गीत, रिलिज भयो दुलाहा दुलहीको भिडियो !
भर्खरै मात्र अमेरिकाबाट नेपाल आएका, नेपालमा लोक दोहोरी गीतको बिकास र प्रबर्धनका अभियन्ता, अग्रज लोक तथा दोहोरी गायक एबम अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले नेपालबाटै आफ्नो पञ्चेबाजाको बिशेष लोक दोहोरी एल्बम “दुलाहा दुलही” रिलिज गरेका छन ।
युट्युबबाट संसारभर एकसाथ रिलिज गरिएको खनालको उक्त पञ्चेबाजाको लोक दोहोरी गीत बिसुद्ध मौलिक र अहिले सम्म बजारमा आएका अन्य पञ्चेबाजाका गीत भन्दा अत्यन्त स्तरिय, सुनिरहुँ लाग्ने खालको र सपरिवार सँगै बसेर हेर्न सुन्न मिल्ने प्रकारको छ । लोक दोहोरी क्षेत्रका धेरै कलाकारहरुका जन्मदाता, अग्रज कलाकार खनालको यो गीति एल्बममा उनको आफ्नै शब्द र स्वर रहेको छ भने उनलाई गायनमा साथ दिएकी छिन अहिलेकी चर्चित लोक गायिका पूर्णकला बिसीले । संगीत क्षेत्रका चर्चित हस्ती थानेश्वर गौतमको संगीत र एरेन्जको दुनियाँको अहिलेको माहिर एरेन्जर आशिश अबिरलको म्युजिक एरेन्ज रहेको प्रस्तुत गीतमा लोक दोहोरी भिडियो क्षेत्रका सर्बप्रिय कलाकार, निर्देशक र नायक शंकर बिसीले कोरियोग्राफ गरेकाछन ।
शंकर बिसी र सर्जक खनालले संयुक्त निर्देशन गरेको यो भिडियोमा लोक दोहोरी क्षेत्रकी सर्बाधिक लोकप्रिय मोडल, डान्सर करिश्मा ढकाल सहितका प्रोफेशनल कलाकारहरुको अभिनय र नाचले गीतलाई नयाँ उचाइ दिएको छ ।
लोकप्रिय र अग्रज हाँस्य कलाकारद्वय किरण केसी र शिवहरी पौडेलको बिशेष अभिनय समेत रहेको खनालको यो पञ्चेबाजाको यो लोक दोहोरी गीत विवाहका बेला र बिबाहको पार्टीमा सदाबहार रुपमा बजाउन र नाच्न मिल्ने प्रकारको छ । शब्द, स्वर, संगीत र एरेन्ज सबै पक्ष अबल छन यो गीतमा ।
रामप्रसाद खनाल त्यस्ता लोक गायक हुन जो सधै अनुशासित, मर्यादित, सामाजिक अनि मौलिक गीत गाउँछन त्यसैले उनलाई पर्खेर बस्छन दर्शक श्रोताहरु । हाल सम्म ४७ वटा एल्बम प्रकाशन गरिसकेका खनालका १२ सय भन्दा बढी गीतहरु प्रकाशित प्रसारित छन । नेपाली भाषा, साहित्य, कला, गीत संगीत र पत्रकारिताका क्षेत्रमा लामो समय देखी कार्यरत खनाल हाल अमेरिका बस्छन तर अमेरिकाबाटै पनि आफ्नो पेशागत कर्म र धर्म जारिराखेका उनको यो गीत अत्यन्त राम्रो र कर्णप्रिय हुनेखालको छ । सुन्दै आनन्द आउने, भिडियो हेर्दाहेर्दै नाचौं नाचौं लाग्ने खनालको यो पञ्चेबाजा को लोक दोहोरी गीत सदाबहार गीत हुने विश्वाश गर्न सकिन्छ ।
पञ्चेबाजाको बिशेष लोक दोहोरी एल्बम “दुलाहा दुलही” को रिलिज सँग सँगै अग्रज लोक गायक खनालले युट्युबमा आफ्नो एकाउन्ट Subscribe गर्नेहरुलाई एक लाख रुपैयाँको पुरस्कारको घोषणा समेत गरेका छन । उनले आफ्नो युट्युब एकाउन्ट RAM PRASAD KHANAL ( https://www.youtube.com/
गत दुई बर्षमा १९ वटा लोकप्रिय गीतहरु गाएका खनालले आफ्ना केही गीतहरु आफ्नी छोरी सुस्मा खनाललाई प्रोत्साहित गर्नका लागि ( SUSMA KHANAL ) को एकाउन्ट बाट रिलिज गरेर छोरीका Subscriber करिब दुई लाख पुर्याएका छन । छोरी सुस्मा खनाल उनको नाच, अभिनय, गायन र क्षमताका कारण संसार भर प्रसिध्द भएकी छन । सुस्मा खनालका भिडियोहरु यो लिंक https://www.youtube.com/
Dulaha Dulahi | New Panche Baja Song 2019/2076 | Ram Prasad Khanal & Purna Kala B.C
अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका प्रस्तुत गर्दछ
रामप्रसाद खनालको पञ्चेबाजाको बिशेष लोक दोहोरी “दुलाहा दुलही”
शब्द: रामप्रसाद खनाल
स्वर: रामप्रसाद खनाल र पूर्णकला बिसी
संगीत: थानेश्वर गौतम
एरेन्ज: आशिश अबिरल
रेकर्डिङ्ग: राग रेकर्डिङ्ग
रेकर्डिस्ट: HBN किस्मत
निर्देशन : शंकर बिसी / रामप्रसाद खनाल
अभिनय: किरण केसी, शिवहरी पौड्याल, रामप्रसाद खनाल, शंकर बिसी, करिश्मा ढकाल र अन्य कलाकारहरु
छायाँँकन: दुर्गा पौडेल
भिडियो सम्पादन: नबिन घर्ति मगर
International Artists Forum – IAF – presents
Ram Prasad Khanal’s panche baja special lok dohori song
Dulaha Dulahi
Lyrics: Ram Prasad Khanal
Vocal: Ram Prasad Khanal & Purnakala BC
Music: Thaneshwor Gautam
Arranger: Ashish Abiral
Recording studio: Raaga Recording
Recording: HBN Kismat
Direction: Shankar BC / Ram Prasad Khanal
Artists/Acting: Kiran Kc, Shivahari Poudyal, Ram Prasad Khanal, Shankar BC, Karishma Dhakal and other friends
Camara Person: Durga Poudyal
Editor: Nabin Gharti Magar
हेर्नुस रामप्रसाद खनालको पञ्चेबाजाको बिशेष लोक दोहोरी एल्बम “दुलाहा दुलही” गीतको भिडियो :
बिश्व चर्चित फोर्ब्स पत्रिकामा नेपाली युवा राजन थपलिया
अमेरिकाका नेपालीले व्हाइट हाउस अगाडी भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध बिरोध जुलूस प्रदर्शन गर्ने
कर घटाऊँ – ठूला नोट र भ्रस्ट्राचार हटाऊँ – के. सी. तथा ओलीलाई बचाऊँ अनि खतिवडालाई निकालौ
अमेरिकाका विश्व किर्तिमानीधारी ठकुरीलाई चौथो र पाँचौ बिश्व गिनीज किर्तिमान प्राप्त ,राजदुत डा कार्कीले गरे सम्मान
ईन्जाले आफ्नो मार्ग चित्र सार्वजनिक गर्यो , ईन्जा र समुदाय बिचको सहकार्यको शूरुवात
चौथो ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रममा ‘राईज अप ‘को प्रदर्शनी
सिनेटर कमला ह्यारिसले राष्ट्रपति पदको उम्मेद्वार बन्ने चाहना त्यागिन
नेपाली समाज टेक्सास (एनएसटि)को निर्वाचन डिसेम्बर २८ मा हुने ,सदस्यता लिने अन्तिम मिति डिसेम्बर २१
प्रबाशी नेपाली एकता समाज अमेरिकाको अध्यक्षमा म्याग्दीका शेरचन चुनिए
व्हाइट हाउस बुधबार हुने न्यायिक समितिको सुनुवाईमा भाग नलिने
प्रतिक्रिया