शनिबार, साउन ४ २०७६
काठमाडौं ०४:३५
वासिङटन डिसी 18:50

एनआरएनए भर्जिनियाले युएनए सम्मेलनमा सहभागी भै बिजयी हुने विभिन्न विधाका खेलाडी तथा कलाकारलाई सम्मान गर्ने

इनेप्लिज २०७६ जेठ ३१ गते ०:०९ मा प्रकाशित

डिसी । न्यू योर्कमा गत मे २५ र २६ मा सम्पन्न युनाईटेड नेप्लिज एसोसिएसनको चौथो सम्मेलनमा डिसी क्षेत्र बाट सहभागी भै विभिन्न विधामा बिजयी हुनेहरुलाई सम्मान गर्ने भएको छ ।

उक्त जानकारी एनआरएनए भर्जिनिया शाखाले जनाएको छ । आगामी जुन १५ तारिखका दिन डिसी क्षेत्र बाट प्रतिनिधित्व गर्दै बिजयी भै राज्यको नाम राख्न सफल भएका खेलाडी ,कलाकारहरुलाई प्रोत्साहन स्वरुप सम्मान कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी गैर आवासीय नेपाली संघ भर्जिनिया शाखाका अध्यक्ष गोविन्द सुबेदीले ईनेप्लिजलाई बताए ।

यसको साथै भर्जिनिया र डिसी क्षेत्रको लागि युएनए ट्यालेन्ट सो ( प्रतिभा प्रदर्शन ) कि डिसी क्षेत्रकि संयोजक समेत रहेकी बिना खड्कालामाले बिशेष गरि अमेरिकामा जन्मेका र दोश्रो पुस्ताका बालबालिकाको प्रस्तुति बेजोड रहेको भन्दै डिसी र भर्जिनियालाई पदक दिलाउने सबैलाई हौशला प्रदान गर्ने भएकोमा आफू हर्षित भएको बताइन । साथै उक्त सम्मेलनमा अभिभावक झैँ न्यु योर्क पुगेर खेलाडी तथा बालबालिकालाई प्रोत्साहन दिने भकुण्डो प्रशिक्षक तथा संयोजक चन्द्रलामाले सम्मान गर्ने कुरामा आफू गदगद भएको बताए ।

कार्यकम आगामी जुन १५ तारिख सांझ ५ बजे फेयर फ्याक्स ब्राडक रोड स्थित मोट सामुदायिक केन्द्रमा हुने भएको छ । सम्मानित हुनेहरुमा बास्केटबल खेलाडीहरु क्रमस अनिश कटवाल,सन्दिप प्रधान,तरण रानडवा ,सौरव देवकोटा, अनुराग बराल ,पराग बराल ,दले (दलाई )लामा ,रोमियो केसी ,निश्चल प्रधान ,अंकित भट्टराई ,निक श्रेष्ठ तथा अभिषेक बस्नेत रहेका छन् ।

यसै गरि लिटल ट्यालेन्ट २०१९ मा भर्जिनिया बाट दोश्रो स्थान प्राप्त गर्ने रियाना दाहाल ,भर्जिनिया कै सर्बोत्तम हुने रोमा भण्डारी ,र छैठौ स्थान प्राप्त गर्ने वर्षा पराजुली लाई पनि सम्मान गरिने छ ।  डिसीबाट सर्बोत्तम हुने ऐश्वर्य लक्ष्मी निरौला ,उत्कृष्ट १० प्रतियोगी हुन् सफल निशी केसी ,उत्कृष्ट १० प्रतियोगी हुन् सफल सृस्टी खनाल ,र सुयक्षा नेपाललाई समेत सम्मान गरिने भएको छ ।

यसै गरि बिई -हिज्जे (bee ) प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने अग्रणी शाही तथा वक्तृत्व प्रतियोगतामा भर्जिनिया बाट प्रथम हुने परिवर्तन पराजुलीलाई समेत सम्मानित गरिने छ । उक्त सम्मानित कार्यक्रममा सहभागी हुन् र सबैलाई हौशला गरि दिन हुन् आयोजकले सबैमा आग्रह गरेको छ ।

कार्यकम हुने स्थान :

Mott Community Center

12111 Braddock Rd, Fairfax, VA 22030

June 15 ,2019

Time : 5 :00

प्रतिक्रिया