डा. डीआरको नयाँ गीत ‘राखिदिए जिन्दगीको हरेक…’ सार्वजनिक (भिडियोसहित)

इनेप्लिज २०७६ जेठ ३० गते २१:४१ मा प्रकाशित


काठमाडौं,

डा. डीआर उपाध्यायको नयाँ गीत ‘राखिदिए जिन्दगीको हरेक स्वास तिम्रै लागि…’ सार्वजनिक भएको छ । नेपाल आइडलकी अस्मिता अधिकारी र सागर अधिकारी ‘शरद’को स्वर, सागरकै सङ्गीत, चन्द्र चौधरीको मिक्सिङ र प्रकाश मिश्रको माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

प्रहिल कार्कीले निर्देशन गरेको गीतको भिडियोमा अञ्जिता, कविता, प्रहिल र सन्दिपलाई फिचरिङ गरिएको छ । रोसिकले छायाँकन गरेको भिडियोलाई माधव बेल्वासेले सम्पादन गरेका हुन् ।

‘हिरो २०१९’बाट सम्मानित गीतकार डा. डीआर उपाध्यायले एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका छन् ।

त्यस्तै डा. डीआरलाई चार ओटा एभरेष्ट वल्र्ड रेकर्डका साथै ‘हिरो २०१९’बाट सम्मान गरिएको छ । उनले प्राप्त गरेका चार एभेरष्ट वल्र्ड रकेर्डमा राष्ट्र अनि राष्ट्रियतामा ३५ ओटा शब्द र रा रि रु समावेस भएको गीतमा, नेपाली ३७५ लोकबाजा समावेस भएको गीतको वल्र्ड रेकर्ड, एउटा गीति एल्बम जसमा विभिन्न ८ ताल समावेसको एल्वमको वल्र्ड रेकर्ड र एउटै गीतमा आठ विट समावेस गरी तयार परिएको गीतमा रहेका छन् ।

डी. आर उपाध्यायका ‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ जस्ता गीति एल्बम स्रोता÷दर्शकमाझ आएका छन् । त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ आएका छन् ।

प्रतिक्रिया