एनआरएन वेलायतले प्रधानमंन्त्रि ओलीलाई नागरिक अभिनन्दन-पत्र

इनेप्लिज २०७६ जेठ ३० गते १७:४८ मा प्रकाशित


रोशन मेवाहाङ्ग / इनेप्लिज डट कम-
लन्डन । गैर आवासीय नेपाली सँघ वेलायतको प्रतिनिधिमण्डलले प्रधानमंन्त्रि ओलीलाई नेपालको प्रजातान्त्रिक आन्दोलनकालागि महन्वपूर्ण योगदानको कदर गर्दै बेलायतवासी नेपालीहरुका तर्फबाट नागरिक अभिनन्दन-पत्र सम्मान गर्दै दिएका हुन् ।

लन्डनस्थित नेपाली दूतावासमा आयोजित विशेष स्वागत कार्यक्रममा उक्त अभिनन्दन-पत्र प्रधानमंन्त्रि केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको होे ।


कार्यक्रममा एनआरएन आइसीसीका उपाध्यक्ष कुल आचार्यले नेपालमा लगानी भित्राउन गैर आवासीय नेपाली सँघले नेपाल सरकारसँग सहकार्य गरिरहेको बताएका थिए । आचार्यले संसदमा विचाराधीन नागरिकता सम्बन्धि विधेयकमा रहेको गैर आवासीय नेपाली नागरिकताको प्रावधानलाइ छिटो, छरितो र झन्झट मुक्त बनाउन प्रस्ताब राखेका थिए । आचार्यले ‘एक पटकको नेपाली संधैको नेपाली’ भन्ने मूलमन्त्र अनुरुप भावी पुस्ताहरुलाई पनि नेपालसँग सम्वन्ध राख्न गैर आवासीय नेपाली नागरिकता नीतिलाई उदार र व्यवहारिक बनाउन आफ्ना भनाई व्यक्त गरेका थिए ।


एनआरएन वेलायतका अध्यक्ष योगकुमार फगामीले सेवानिवृत्त गोर्खा सैनिकहरुको समान पेन्सन लगायतका समस्या समाधान गर्न बेलायत सरकारसँग उच्चस्तरीय वार्ता टोलि बनाउन, गोर्खा सैनिकहरु त्रिपक्षीय सन्धि अनुसार बेलायत आएको हुँदा तिनिहरुका नागरिकताको विषयलाई अलग ढंगले सम्बोधन गर्न प्रस्ताव राख्दै गैर आवासीय नेपाली नागरिकता विदेशस्थित नेपाली दूतावासबाट वितरण गर्न सकिने व्यवस्था मिलाउन विन्ति गरेका थिए । फगामीले भ्रमण बर्ष सन २०२० को प्रवद्घधन गर्न जति सक्दो छिटो नेपाल वायु सेवा निगमको उडान लन्डन – काठमाडौँ उडान भर्न व्यवस्था मिलाउन सकिए बेलायतवासी नेपाली र नेपाल सरकारलाई केहि मात्रमा सहयोग हुन सक्ने सुचित गराएका थिए ।

 

प्रतिक्रिया