प्रधानमंन्त्रि ओलीले बेलायती गोर्खा सैनिकहरुका कवाज निरीक्षण गरे

रोशन मेवाहाङ्ग/इनेप्लिज डट कम- २०७६ जेठ ३० गते १३:१६ मा प्रकाशित

रोशन मेवाहाङ्ग/इनेप्लिज डट कम-

लण्डन । बेलायत भ्रमणमा रहेका प्रधानमंन्त्रि केपी शर्मा ओलीले करिब दुई दशक पछि पहिलो पटक व्रिगेड अफ गोर्खाज भ्रमण गरेका हुन् ।
व्रिगेड अफ गोर्खाजको प्रमुख मुख्यालय रोयल मिलिटेरी एकेडेमी स्यान्ड्समा आयोजना गरिएको विशेष स्वागत कार्यक्रममा रक्षा मंन्त्रि मार्क लान्कास्टरले माल्यपर्ण गर्दै स्वागत गरेका थिए ।


कार्यक्रममा प्रधानमंन्त्रि ओलीलाई गोर्खा सैनिकहरुले राष्ट्रिय गानको धुन सहित ‘गार्ड अफ अनर’ प्रदान गरेका थिए । समारोहमा ओलीले गोर्खा सैनिकहरुका कवाज सके लगतै उनिहरुलाई निरीक्षण गरिरहदा अतिथि सम्मान स्वरुप व्रिगेड अफ व्याण्डले नेपाली चलचित्र ‘लाहुरे’ को चर्चित गीत ‘विरताको चिनो, विरको सन्तान’  मधुर धुन प्रस्तुती दिएका थिए ।


बेलायती गोर्खा सैनिकहरुको कार्य प्रति सधै बफादार र इमान्दार रहिरहन आग्रह गर्दैै उनिहरुका परिवार सँग पनि औपचारीक भेटघाटका साथ दिवाभोज गरेका थिए । हसाउन माहिर मंन्त्रि ओलीले भने, ‘ अंग्रेज सेनाले बन्दुकको नाल दुश्मनलाई तेस्राउदा टेरेनन् तर, गोर्खा सैनिकले यसो के खुकुरी मात्र देखाई दिएका थिए दुश्मनहरु कुलेलम ठोके ।’


प्रधानमंन्त्री शर्मा र समकक्षी बेलायतकी प्रधानमन्त्री टेरिजा मे सँग नेपाल, भारत र बेलायत बीच भएको त्रिपक्षीय सन्धि पुनरावलोकनको प्रस्ताव राख्ने जानकारी दिएका थिए ।

 

प्रतिक्रिया