नयाँ घरमा नयाँ दुलही भित्राउने भिम बिकको सपना, भन्छन यस्ती दुलही चाहियो ! ( भिडियो अन्तर्वार्ता )

इनेप्लिज २०७६ जेठ ३० गते ११:०३ मा प्रकाशित

पछिल्लो समय भाइरल बनिरहेका भिम बिक यतिबेला आफ्नो घर बनिरहेको देख्दा निकै खुशी छन् । घर बनाएर आफ्नो बाबु-आमालाई राम्रोसँग राख्ने सपना देखेका भिम बौदिक तथा शारीरिक रुपमा अन्य व्यक्तिको तुलनामा निर्वल छन् ।

यसैबीच विभिन्न मिडियाहरुले अन्तर्वार्ता लिएर भाइरल बनाइ रहेको भिम बिकको भेट यतिबेला सुत्र टिभीसँग भएको छ । सुत्र टिभीसँग गफगाफ गर्नेक्रममा उनले आफ्ना रहरहरुको बारेमा बताएका छन् । साथै उनका बुवा-आमाले समेत छोराको विवाह गर्ने इच्छा रहेको बताएका छन् ।

नयाँ घर निर्माण सकिएपछी नयाँ घरमा नयाँ दुलही भित्राउने भिम बिकसंगै उनको परिवारको रहर रहेको छ । भिम बिक दिनभर देवघाटमा बस्ने गर्छन । जहाँ आउने व्यक्तिहरुले उनलाई पैसा दिने गर्छन । जुन पैसा उनले घर निर्माण तथा घर खर्चको लागि प्रयोग गरिरहेको बताए । उनले दिनमा ५ सय रुपैयाँ कमाउने बताए ।

बनिरहेको भिमको घर तीन कोठाको रहेको छ । जसमा उनले एउटा कोठामा आमा-बाबु, एउटामा उनि र आफ्नो श्रीमती बस्ने र एउटा चाई भान्सा कोठा बनाउने बताए । उनले आफ्नो घर निर्माणको लागि सहयोग गर्न सम्पूर्णलाई आग्रह गरेका छन् ।

बाकी भिडियोमा हेर्नुहोस:

प्रतिक्रिया