ग्रेटर वाशिंगटन तमु समाज अब तमु धी भर्जिनिया हुने ,नन्द कुमार गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्व सम्मतिबाट गठन

इनेप्लिज २०७६ जेठ ३० गते ०:०२ मा प्रकाशित

 

गत जुन ९ तारिख आइतबार ग्रेटर वाशिंगटन तमु समाजको ऐतिहासिक बार्षिक साधारण सभा संस्थाका अध्यक्ष सुरेन्द्र गुरुङको सभापतित्वमा भव्यताका साथ सम्पन्न भएको छ ।

बिशेष अतिथि वयोवृद्ध टिकाराम गुरुङ ( ८५ बर्षिय ) ले पानसमा दियो बालि उद्घाटन गरिएको कार्यक्रममा समाजका सल्लाहकारहरु रुद्र गुरुङ ,नेत्र गुरुङ र गीतकार तथा कवियत्री अम्बिका गुरुङले शुभकामना व्यक्त गर्नु भएको थियो ।

सदस्य दिगम्बर गुरुङ्गको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव रमिन्द्र गुरुङले गर्नु भएको थियो । साधारण सभाले अध्यक्ष सुरेन्द्र गुरुङ द्वारा प्रस्तुत सांगठानिक प्रतिवेदन ,कोषाध्यक्ष तिलक गुरुङ द्वारा प्रस्तुत आर्थिक प्रतिबेदन सर्वसम्मतिले पारित गरेको थियो ।

त्यस्तै बिधान संसोधन समितिका अध्यक्ष नेत्र गुरुङ द्वारा प्रस्तुत तमु धी भर्जिनियाको बिधान २०१९ सर्वसम्मति रुपमा तालीको गडगडाहट बीच पारित गरिएको थियो ।  बिधान पारित भए संगै ग्रेटर वाशिंगटन तमु समाज अब उप्रान्त तमु धी भर्जिनियामा परिणत भएको घोषणा गरिएको थियो । कार्य समितिका अध्यक्ष सुरेन्द्र गुरुङ द्वारा प्रस्तुत प्यानल प्रस्तावलाई निर्वाचन समितिका अध्यक्ष यातमान गुरुङले आधिकारिक रुपमा प्रस्तुत गरि साधारण सभा मार्फत सर्वसम्मत पारित गराउनु भएको थियो ।

तत पश्च्यात साधारण सभाले तमु धी भर्जिनियाको आगामी ३ बर्षको लागि नन्द कुमार गुरुङको अध्यक्षतामा २ सदस्य पछि मनोनित गर्ने गरि ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरिएको छ ।

जसमा उपाध्यक्ष तिलक गुरुङ,सचिव थमन गुरुङ ,कोषाध्यक्ष चन्द्र कुमारी गुरुङ ,सदस्यहरुमा नविन घले ,सुरज गुरुङ ,सन्जय गुरुङ ,माया गुरुङ र दिप्ती गुरुङ रहेका छन् ।

नव निर्वाचित कार्य समितिलाई घोषणा सभाका अध्यक्ष नेत्र गुरुङले सपथ ग्रहण गराउनु भएको थियो । निर्वाचित कार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै निवर्तमान अध्यक्ष सुरेन्द्र गुरुङले आफ्नो सहयोग र साथ नया कार्य समितिलाई सधै रहने र आफ्नो भूमिकामा कहिले पनि कमि नआउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

नव निर्वाचित समितिको तर्फबाट धन्यवाद ज्ञापन गर्दै अध्यक्ष नन्द कुमार गुरुङले अब तमु धी भर्जिनिया नयाँ ढंगले जुझारु ,गतिशील र रचनात्मक भएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । अध्यक्ष गुरुङले तमु धी भर्जिनियाको उद्धेश्य प्राप्त गराउन अल्पकालीन र दिर्घकालिन कार्यक्रमहरुको खाका सहित अगाडी बढ्ने जानकारी गर्नु भएको थियो ।

अन्त्यमा ,नवनिर्वाचित कार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै घोषणा सभाका अध्यक्ष नेत्र गुरुगले संस्था अब १५ बर्ष अगाडीको अवस्थामा नरहेको ,समय संगै लक्ष्य ,उद्देश्य र कार्यक्रमहरु थपिदै गएको र जिम्मेबारी बढ्दै गएको बताउनु भयो । वहाले वर्तमान पुस्ता भावी पुस्ताका लागि पुल बन्न सक्नु पर्ने बताउदै कार्यक्रम समापन गर्नु भएको थियो ।

प्रतिक्रिया