पोखरामा प्रहरीले गोली चलायो, एक घाइते

इनेप्लिज २०७६ जेठ २९ गते १०:५१ मा प्रकाशित

काठमाडौं, २९ जेठ । पोखरामा प्रहरीले गोली हानी एक लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

कास्की प्रहरी प्रमूख एसपी दानबहादुर कार्कीले गोली चलाएको पुष्टि गरे । जोन भनिने ३० बर्षिय गोविन्द थापाको बायाँ खुट्टामा गोली लागेको छ । पोखरा महानगरपालिका–१० उत्तम चोकमा गोली चलाइएको हो ।

थापासहितको समूह लागु औषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले खोजी गरेको थियो । पक्राउ गर्न खोज्दा उक्त समूहले प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाएको बताइएको छ ।

गोली लागेर घाइते भएका थापा वैदेशिक रोजगारमा कतारमा रहदा लागूऔषध मुद्दामा ३ बर्ष जेल सजाय पाएको अनुसन्धानबाट खुल्न आएको छ। लागूऔषध कारोबारी थापाको आक्रमणबाट कास्की प्रहरीको विशेष टोलीका प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदी सामान्य घाइते भएका छन् ।

प्रहरीकाे पटके सूचीमा रहेका जाेन केही समयअघिमात्र कतारबाट सजाय भुक्तान गरेर फर्किएका थिए । उनी सन २०१४ देखि २०१८ सम्म कतारमा कारागारमा थिए । उनी कास्की प्रहरीमा ज्यानमार्ने उद्याेग र सार्वजनिक मुद्दामा पटके अभियुक्त हुन् ।

प्रतिक्रिया