बेल्जियममा सामुदायिक अस्पतालका लागि संकलित चन्दा रकम सार्वजनिक

इनेप्लिज २०७६ जेठ २९ गते ३:१३ मा प्रकाशित

बेल्जियम । बेल्जियमको एक परोपकारी जोडीले कर्णाली प्रदेशको कालिकोट जिल्लामा निर्माण हुने ‘रासकोट सामुदायिक अस्पातल’का लागि १६ लाख ४८ हजार ६ सय ४२ रुपियाँ उठाएको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन् ।
९ जुन ,२०१९, आइतबार पत्रकार सम्मेलन गर्दै बेल्जियमका ब्याबशायी सुनिता गुरुङ धिताल र गायक नारायण धितालको जोडीले चन्दादाताहरुको नामावली सहित रकम सार्वजनिक गरेका हुन् ।
पत्रकार महासंघ केन्द्रीय परिषद सदस्य तथा चार दिशा अनलाइनका प्रधान सम्पादक ओम शर्मा र पत्रकार महासंघ युरोप शाखाका बरिष्ठ उपाध्यक्ष तथा घटना र बिचार साप्ताहिकका युरोप सम्बाददाता डिल्ली अम्माईलाई पारदर्शिता विवरणको प्रतिलिपि बुझाउदै सङ्कलन भएको सबै रकम अस्पातलको निर्माणका संयोजक तथा पत्रकार रबी लामिछानेलाई छिट्टै हस्तान्तरन गरिने जानकरी अभियानकर्ता सुनिता गुरुङले गराएकी हुन् ।

पत्रकार सम्मेलनमा गैह्र आबासीय नेपाली संघ बेल्जियमका अध्यक्ष लोक दाहाल, आइसिसिस सदस्य त्रय पदम गुरुङ, सरु चापागाई र लीला शर्मा मानन्धर तमु समाज बेल्जियमकि अध्यक्ष दुर्गा गुरुङ लगायत बिभिन्न सामाजिक र बैचारिक संघ संस्थाहरुका पदाधिकारीहरु समेत उपस्थित रहेको थियो ।

एनआरएनए बेल्जियमका निबर्तमान अध्यक्ष गंगाधर गौतमद्वारा सञ्चालित पत्रकार सम्मेलनमा एनआरएनए बेल्जियमका अध्यक्ष लोक दाहाल र ओस्टेन्डे समाजका अबिभाबक ब्रह्मादत्त वाग्लेले परोपकारी चन्दादाता र सहयोग सङ्कलनको अगुवाइ गर्ने धिताल जोडीलाई एक मन्तब्य मार्फत धन्यवाद दिएका थिए ।

प्रतिक्रिया