अमेरिकामा खाना चबाउदै बोल्दा शिष्टचार नसिकेको असभ्य र पाखे किन मानिन्छ

विजय थापा २०७६ जेठ २९ गते १:२४ मा प्रकाशित

 

डिसी । जन्मे पछि सबैलाई खाना खानै पर्छ । नखाई कोही पनि बाच्न सक्दैन । खाना खाने तरिका पनि आ-आफ्नो देशमा हुन् सक्छ । हाम्रो देश नेपालमा खाना खाने तरिका र अन्य देशमा फरक हुन् पनि सक्छ ।

तर खाना घरमा एकल खानु र परिवार संग खाना खानु फरक हुन्छ । एकल खादा जसरी खाए पनि हुन्छ । अर्थात् आवाज दिएर या नदिएर खाने । मुख खोलेर या नखोलीकन खाने । यति मात्र हैन ,खान मुखमा लिएको छ भने बोल्ने कि नबोल्ने ? हुन्छ कि हुदैन ?

सार्वजनिक या भोज भतेरमा जम्मा भएका ठाउँमा यसरी खादा कस्तो हुन्छ ? नेपाली नेपाली बीच भात ,खाजा नास्ता या कुनै चिज खाँदा फरक पर्दैन होला । तर अमेरिकामा आए पछि बिदेशीहरुको जमघट ,भेला या खानपिनमा बस्दा यस्ता कुराहरुले धेरै अर्थ राख्दछ ।

यस कुराहरु नजान्नेहरुले सिक्न खोज्नु पर्छ । नेपालमा प्राय :जसो खाना खाँदा हामी आवाज दिएर अज्ञानतावस या थाहा नपाएर होला हामी खान्छौ । आफ्नो सम्पत्ति जसरी खाए पनि हुन्छ भन्ने लाग्न सक्छ । वास्तवमा आफ्नो घरमा आफुले पाखुरी चलाएर आफ्नै कमाई गरेर पकाएर स्वाद र जिब्रो पड्काएर खादा कसैले केही नभन्न सक्दछन । आखिरमा खाना चबाएर निल्नु मात्र नै हो ।

चाहे नेपालमा होस् या अमेरिकामा सबैले चबाउदछ्न । र पेट भित्र पुगे पछि उक्त अन्न या कुनै चिज पच्दछ । हामी थाहा नपाउने नेपालीहरुले हाब्रे मुख पारेर खाना खादा भित्रको चिज पनि देखाउदछौ ।

खाएको र चबाएको समेत देखाउने मानिसहरु भेटिन्छ । झन् खाना खाएको बेलामा राजनीति गफ गर्न परेमा एक गास या दुई गास ताल परे गासै पिच्छे गफ चुट्ने पनि गर्छौ । किनभने अमेरिका आएका पहिला पुस्तालाई ज्ञान नहुन पनि सक्छ । तर अमेरिकामा यसो गरे असभ्य र शिष्टचारको कमि ठान्दछन ।

अमेरिका आएका पहिला पुस्ता अधिकासंलाई यस कुराको ज्ञान छ । तर भर्खर अमेरिका आएका या पहिला पुस्ताका बुवाआमा या हजुरबुवा हजुरआमालाई यस्तो कुराहरु थाहा हुदैन ।

पहिलेका बुढाबुढीहरु बोल्दै खान पनि रुचाउछ्न । तर अमेरिकामा खाएको बेलामा न बोल्ने भन्ने चाही हैन । तर मुखमा केही खाई रहेको छ भने बोल्दैनन । नेपालमा तराईमा पान खादा मुखभरी रस आउछ र त्यसरी नै बोल्ने गरेको हामीले देखेका छौ ।

अमेरिकाका दोश्रो पुस्ताले जान्दछन । अमेरिकनहरुले आफ्ना बालबालिका छोराछोरीलाई खाना मुखमा हालेको बेलामा बोल्नु हुदैन भनेर सिकाउद्छ । मुखमा खान चबाई रहेको छ भने औला देखाई एक छिन भन्दै खाना निले पछि उत्तर दिन्छन ।

तर खादै चबाउदै भने उत्तर दिदैनन । सानो देखि नै सिकाएका हुन्छन । हामीले जन्मजात सिक्ने कुरा हुदैन । जस्तो देश उस्तो भेष भने झैँ विदेश आए पछि रहन सहन संस्कृति ब्यबहार आदी ईत्यादी हामीले सिक्नु पर्ने हुन्छ ।

बिशेष गरि अमेरिका आउन लागेका जो कोही तथा अमेरिका आई सकेका नव आगन्तुकले यस्ता कुराहरु अनिवार्य रुपमा सिक्नु पर्छ । किनभने हजुरआमा हजुरबुवाले खादै कुरा गरे भने नातिनातिनीलाई थाहा हुने हुँदा असहज महसुस गर्छन ।

घुमी फिरी रुम्जाटार भने झैँ अमेरिकामा घर या कही कतै सार्वजनिक भोजभतेर ,जमघट या कुनै पनि चमेना गृह या भोजनालय जहाँ कही भएता पनि हामीले खाना खादा गाईले घाँस चपाएको झैँ कदापी गर्नु हुदैन । यस्ता आवाज निकालेर खाने थुप्रै नेपाली समुदाय सदस्यहरु भेटिन्छन । बिदेशीहरु अर्थात् अमेरिकामा अमेरिकनहरु खादा थाहा नै न दिई खान्छन ।

मुख भित्र हाले पछि ओठ जोडेर भित्र भित्रै चबाउदछन । निले पछि मात्र कुरा गर्नु पर्यो भने गर्छन । उनीहरु मुखमा हालेको बेलामा बोल्न रुचाउदैनन । हामी पहिलो पुस्ताका नेपालीले आफ्ना सन्तानलाई सिकाउनु पर्छ । हुन् त दोश्रो पुस्ताकाले छिटो सिक्ने र उनीहरुलाई ज्ञान पनि हुन्छ । अमेरिका आउन चाहना राख्ने आ भर्खर आएका जो कोहीलाई यो कुरा निकै महत्वपूर्ण हुन्छ । ब्यबहारिक रुपमा लागू गर्न सिक्नु पर्छ । सिक्ने कुरा जीवनभर सिकिने हुनाले राम्रो कुरा सिक्ने गरौ ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया