जातीय विभेदका कारण चक्कु प्रहार, यसो भन्छन छिमेकी (भिडियो)

इनेप्लिज २०७६ जेठ २८ गते २३:१६ मा प्रकाशित

पिएनपिखबर : कागेश्वरी मनहरा–४, डाँछीमा एक व्यक्तिले आफ्नो छिमेकीलाई खुकुरी प्रहार गरेका छन्। गत शनिबार साँझ राजकुमार सार्कीले स्थानीय सुनील नगरकोटीमाथि खुकुरी प्रहार गरेका हुन् । धाराको पानी छोएको निहुँमा नगरकोटीले विवाद गर्न खोजेपछि राजकुमारले खुकुरी प्रहार गरेको खुलेको जनाइएको छ ।
घटनापछि गम्भीर घाइते भएका नगरकोटीलाई स्थानीयले जोरपाटीको नेपाल मेडिकल कलेजमा उपचारका लागि लगेका थिए । एक स्थानीयले भने, ‘हाम्रो गाउँमा पहिला जातको कारण झगडा परेको छैन। पानी भर्ने ठाउँमा ३ जना थिए। उनीहरु झगडा गरेको देखेर छुट्टाउन लाग्दा लाग्दै चक्कु राजकुमार सार्कीले सुनिल नगरकोटीको पेटमा प्रहार गरे जसकारण आन्द्राबुढी नै निक्लिएको थियो। झगडाको कारण भने के हो थाहाँभएन।’

खबरअनुसार, तल्लो जात भनेर हेपिएको कारण यस्तो घटना घटेको हो। तर स्थानीयले भने जातीय द्वोंद नपरेको जनाए। अभियोग लागेका व्यक्ति थप अनुसन्धान र कारबाहीका लागि महाशाखाले सार्कीलाई प्रहरी वृत्त, बौद्धको जिम्मा लगाएको छ ।

बाँकी हेर्नुहोस भिडियोमा…..

प्रतिक्रिया