सोमबार, असार ९ २०७६
काठमाडौं २३:०९
वासिङटन डिसी 13:24

सङ्घीयता अनुकूल नयाँ पाठ्यक्रमको परीक्षणविनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत छलफल शुरु

इनेप्लिज २०७६ जेठ २८ गते १०:५२ मा प्रकाशित
काठमाडौँ, जेठ २८ गते ।
प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत मन्त्रालयगत छलफल आजदेखि शुरु भएको छ । उक्त विधेयकअन्तर्गत आजको बैठकमा युवा तथा खेलकूद, शहरी विकास र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल प्रारम्भ भएको हो ।
बैठकमा सांसद दुर्गा पौडेल, दिव्यराज भण्डारी, रङ्गमती शाही, डा मीनेन्द्र रिजाल र प्रेम सुवालले युवा तथा खेलकूद, शहरी विकास र अर्थ मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस् भनी खर्च कटौतीसम्बन्धी बेग्लाबेग्लै प्रस्ताव प्रस्तुत गर्नुभयो ।
उहाँहरुले प्रस्ताव प्रस्तुत गर्नुपर्ने कारण र औचित्य पुष्टयाइँ गर्दै आफ्नो प्रस्तावका पक्षमा सहयोग गर्न आग्रह गर्नुभयो । खर्च कटौतीका प्रस्तावकले युवा रोजगारमुखी बजेट नदेखिएको तथा शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत व्याजदरमा ऋण दिने विषयमा बजेटमा छुटेको उहाँहरुको भनाइ थियो ।
‘बजेट अपुग भन्नेले नै खर्च कटौतीको कुरा गर्नु आश्चर्य’
मन्त्रालयगत छलफलमा पहिलो वक्ताका रुपमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का खगराज अधिकारीले कतिपय आयोजनाका लागि बजेट अपुग भयो भनी प्रश्न उठाउने सदस्यले नै खर्च कटौती कुरा गर्नु आफैँमा आश्चर्यको कुरा हो भन्दै बजेट उत्पादकत्व वृद्धि र लोककल्याणकारी राज्यको अवधारणानुरुप आएको बताउनुभयो ।
उहाँले बजेट आर्थिक गतिविधि र विकास निर्माणका कामलाई तीव्रता दिने खालको भएको हुँदा समग्रतामा विकास र समृद्धिमुखी छ भन्नुभयो ।
‘सत्तापक्षका नेताका जिल्लामा बढी बजेट विनियोजन’
प्रतिपक्ष दल नेपाली काँग्रेसका देवप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री र सत्तापक्षका नेताका जिल्लामा मात्र बढी बजेट विनियोजन भएको जनाउँदै विकास र समृद्धिको कुरा कसरी पूरा होलान् भनी प्रश्न गर्नुभयो ।
“चितवन, झापा, बर्दिया र ठूल–ठूला नेताको जिल्लामा बजेट हालेर समृद्ध नेपाल र सुखी नेपालीको सपना पूरा हुन्छ ? पछाडि परेका गरीबको स्थानमा खै बजेट ? सबैलाई समान रुपमा बजेट दिनुपर्छ, बजेट समावेशी नभएकाले सच्याउनुपर्छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया