करोड क्लवमा मेलिना राईको म भन्दा नि । ( भिडियो सहित )

इनेप्लिज २०७६ जेठ २८ गते १०:२२ मा प्रकाशित

मेलिना राईको म भन्दा नि गीतले करोड क्लवमा आफ्नो स्थान बनाउन सफल भएको छ र यो करोड क्लव हो युट्युव भ्युजको । पछिल्लो केहि समययता गीत चर्चित हुनुको मापदण्ड युट्युव भ्युज हुँदै आएको छ । त्यसैले पनि धेरै सर्जक, संगीत उत्पादक, गायक ज्युहरुले भ्यु बढाउनको लागि राम्रो चलेको कलाकारहरुलाई लिएर महँगो भिडियो बनाउने, लाखाँै खर्च गरेर बुस्ट गर्ने प्रचलन बढेको छ ।

यी सब कुराहरुलाई पछि पार्दै मेलिना राईको म भन्दा नि गीतले भने अफिसियल भिडियो नभईकनै , १ रुपैँयाको पनि बुस्ट नगरिनै स्टुडियो भिडियोको भरमा युटुयवमा करोड भ्यु पाउन सफल भएको छ ।

कतिपय गीतहरु करोड भ्यु पुगेर पनि जनमानसमा नसुनिने गरेको पनि पाइएको छ तर यो गीत भने सबैले मन पराएको , गुनगुनाएको , थुप्रै कभर गरिएको तथा रियालिटी शोहरुमा गाएको पनि हामी पाउन सक्छाँै ।

मेलिना राईको आवाजले ज्यान भरेको म भन्दा निमा शव्द सुरेन्द्र महर्जन अमरको , संगीत राज कुमारको , एरेञ्ज पुस्कर सुनुवारको , मिक्सिङ चन्द्र चौधरीको रहेको छ भने अकष्टिक नेपाल स्टुडियोमा गीतलाई रेकर्ड गरिएको हो ।
यहि गीतको सफलतालाई मध्यनजर गरेर भ भन्दा नि २ धेरै माया गर्ने मान्छे पनि बजारमा ल्याएको छ । जसमा शव्द, संगीत, एरेञ्ज राज कुमारको रहेको छ भने स्वर मेलिना राईकोनै ।

म भन्दा नि २ लाई पनि दर्शक श्रोताहरुले मन पराउने क्रम जारी छ र युटुय्वमा भ्यु पनि २० लाखको हाराहारीमा गईसकेको छ । टिकटकमा यो गीतको एक भाग तिमी बिना बाँच्दिन म भन्ने तिमी अत्यन्तै चर्चामा छ । जसको टिकटक भिडियो ३२ हजार भन्दा बढि बनेको छ ।

प्रतिक्रिया