निर्देशक कृष्ण परियार ( श्री कृष्ण ) को निर्देशनमा लोकदोहोरी गीत ‘जोगी…’ सार्बजनिक

इनेप्लिज २०७६ जेठ २८ गते १०:०४ मा प्रकाशित

काठमाडौँ । छोटो समयमा आफ्नु पहिचान बनाउन सफल निर्देशक कृष्ण परियार ( श्री कृष्ण ) को निर्देशनमा लोकदोहोरी गीत ‘जोगी… सार्बजनिक भएको छ । करिब ४ दर्जन भन्दा बढी भिडियोको निर्देशन गरिसकेका निर्देशक परियारको निर्देशनमा प्रतिमा परियार ( सोनी ) को पहिलो लोकदोहोरी गीत ‘जोगी…’ सार्बजनिक भएको हो ।

गायक यज्ञ ओली र गायिका सरिता थापा आबाजमा रहेको उक्त गीतको शब्द प्रतिमा परियार सोनीले लेखेकी हुन् । गीतको लय गायक स्योयम यज्ञ ओलीले नै गरेका छन् । पछिल्लो समयमा ब्यापक चर्चामा रहेको म्युजिक कम्पनि जनता डिजिटल एण्ड फिल्म्सले बजार ब्यबस्थापन गरेको म्युजिक भिडियोको छायांकन अनिल जिसीले गरेका हुन् ।

भिडीयोमा मोडल धनीराम चौधरी, निशा शाही र लक्ष्मी तामाङको दमदार अभिनय देख्न सकिन्छ । भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् ।

https://www.youtube.com/watch?v=rV-tS14XUTM

प्रतिक्रिया