सोमबार, असार ९ २०७६
काठमाडौं २३:१०
वासिङटन डिसी 13:25

३५ बर्षे मृगौला पिडित सुमन परीयारको उपचारार्थ पोखराका नेत्र ढकालले आफ्नो जन्मदिनको अवसर पारेर नगद सहयोग

इनेप्लिज २०७६ जेठ २७ गते २३:४७ मा प्रकाशित

उत्तम पौडेल, पोखरा

गोर्खा देउरालीका ३५ बर्षे मृगौला पिडित सुमन परीयारको उपचारार्थ पोखराका नेत्र ढकालले आफ्नो जन्मदिनको अवसर पारेर नगद सहयोग गरेका छन । बिगत ५ महिना देखि दुबै मृगौला खराब भएका परियारको पोखराको लेक सिटी अस्पतालमा उपचार भैरहेको छ । ढकालले आफ्नो दैनिक खर्चबाट बचत गरेर बिपन्न तथा बिरामी रहेका परियारको उपचार खर्च स्वरुप रु ७ हजार १ सय ११ रुपैया हस्तान्तरण गरेका छन ।

वारपाक सुलिकोट गाउँपालिका बस्ने परियार उपचार गर्नका लागी आफ्नो श्रीमति र दिदीसँग पोखरा ४ रामकृष्णटोलमा भाडामा बस्दै आएका छन । उनका २ छोरा र एक छोरी गाउँकै स्कुलमा अध्ययनरत छन । साताको दुइ पटक मृगौलाको उपचार डाइलासिस गराउनुपर्ने परियारका परिवारका सदस्यले बताए । सामान्य किसान परिवारका उनीहरुले उपचारको लागी आर्थिक अवस्था कमजोर भएका कारण सहयोगको याचना गरीरहेका छन । गाउँपालिका बाट १० हजार बाहेक यस भन्दा अगाडी कसैले पनि सहयोग नगरेकोमा उनीहरु बिलौना गर्छन । उनकी दिदी सुकमाया परियारले “गरिबीमा बाँच्नु पर्नेलाई जिवन अभिसाप” बनेको भन्दै आँखाबाट आँसु झार्दै आफ्नो भाइको ज्यान बचाइदिन आग्रह गरिरहेकी छिन ।

सरकारको स्वास्थ्य बिमा बाट रु १ लाख बराबरको सुबिधा पाएको भएता पनि १ पटक डाइलासिस गर्दा ४ हजार खर्च हुने गरेको र हप्तामा २ पटक सम्म डाइलासिस गनुपर्ने भएकाले पैसाको अभावका कारण ज्यान नै जाने त होइन भन्दै उनीहरु चिन्तीत बनेका छन । पोखरामा बसेर उपचार गराउँदा खर्च ठुलो भएको र कहिँ कतैबाट पनि सहयोग नभएकाले उनीहरुलाई पोखराको बसाइँ नै कष्टकर बनेको छ । परियारकी दिदीले उपचारमा सहयोग गरेकोमा नेत्र ढकाललाई आर्शिवाद दिँदै आफुहरुलाई सहयोग गरिदिन सबैलाई गुहारीरहेकी छिन ।

प्रतिक्रिया