अमेरिकामा आफु संगै काम गर्ने सहकर्मीलाई पनि तपाईको तलवबारे ज्ञान नै हुदैन ?

इनेप्लिज २०७६ जेठ २७ गते २३:५२ मा प्रकाशित

 

अमेरिकामा आफूसंगै काम गर्ने साथीको कति कमाई छ भन्ने पनि थाहा हुँदैन । पत्ता लगाउन पनि खोजिदैन । सोध खोज पनि गर्ने चलन हुँदैन । प्रचलन त्यस्तो भएर होला कसैले यस बिषयमा नेपालीहरुले टनकपुर मुद्धा तथा मल्लिक आयोग जस्तो गरि सवाल पनि उठाउदैनन । उनीहरुलाई लुतो नै कनाई जस्तो हुन्छ । एकै स्थानमा एकै बिभागमा काम गरे पनि ओकल्दैनन ।

दशौ तथा बिसौं बर्ष संगै काम गरेता पनि बिरालोले गु लुकाए गरे झैँ घण्टाको कति खान्छ भन्ने कुराको भेउ पनि पाइदैन । कति कमाई छ भन्ने पनि जानकारी लिन चाहदैनन् किनभने एक प्रकारको गोप्य जस्तो नै हुन्छ । अमेरिकाको बिशेषता नै मान्नुपर्छ । अमेरिकाका नागरिक ज्ञानी छन् । झगडा गर्न मन पराउदैनन । तै चुप र मै चुप को सिद्धान्तमा बाचेका हुन्छन ।

तलब बारेमा छलफल गर्दा मालिक र सहकर्मी दुवैलाई निराशा तथा उदास बनाउछ भन्ने कथन छ । सम्भवत यसैले गर्दा यस बिषयमा एक अर्कामा छलफल नै गर्ने बातावरण नै हुँदैन । कुनै पनि कर्मचारी यस बिषयमा मौन रहन्छन ।

यदि तपाईले आफ्नो तलबको सूचना बारेमा आफ्ना सहकर्मीसंग छलफल गर्नु भयो भने गम्भीर समस्य उत्पन्न गराउन सक्ने छ । वास्तबमा तलब बारेमा छलफल गर्नु प्राबिधिक रुपले गैर कानुनी भन्ने चाही हुँदैन ।

तर जसको कारण काम गर्ने स्थान र बातावरण धमिल्याउने र मालिकसंग समस्या उत्पन्न हुने हुन्छ । अमेरिकामा किन यस्तो हुन्छ त आँखिरमा ?

वैधताः अमेरिकाको फेडेरल सरकारले आफ्नो तलब सूचना बारेमा सहकर्मीसंग छलफल गर्न सुरक्षा प्रदान गरेको छ । राष्ट्रिय मजदुर सम्बन्धि कानुनले कामदारहरुले आफ्ना तल बारेमा छलफल गर्न प्रतिबन्धित छैन भनि उल्लेख गरेको छ ।

जसको कारण कर्मचारी बीच संगठित हुने र प्रभावकारी रुपमा मालिकले गर्ने अनुचित मोलतोल लाई समेत बचाउ गर्ने छ भनि उल्लेख गरेको छ । तथापी अमेरिकाको कानुनले तलब सम्बन्धि बुझ्ने मामलामा प्रत्याभूति भने गर्न दिदैंन । केवल सहकर्मीले आफ्नो तलब भन्न सक्ने छन् । तपाईले मानव संसाधन विभागलाई समेत तलब सम्बन्धि बल जफत गर्न सक्नु हुन्न भनेको छ ।

अमेरिकामा जन्मिएकालाई यस बिषयमा ज्ञान पनि हुने हुनाले आफूले कमाएको अरुलाई नभन्ने र अरुको पनि चासो नगर्ने अमेरिकामा चलन छ ।

यस बिषयमा किन बहस गरिदैन ?

किनभने तपाईले खाई पाई आएको तलब भन्दा पछि आएको कर्मचारीको तलब ज्यादा पनि हुने सम्भावना रहेकोले त्यो भनि दिदा ठूलो झगडा हुनेहुन्छ । संगै एकै पटक भर्ना भएको सहकर्मीमा पनि तलबमा तल माथि हुने हुँदा झन् समस्या आई लाग्ने हुन्छ । तलब भन्ने गरे भन्यो भने आफू भन्दा कम काम गर्ने मानिसको तलब बढ्ता हुँदा सहन गार्हो हुन्छ । अनि आपसमा मन मुटाब, इर्या र असन्तुष्ट हुन्छन फलस्वरूप काममा प्रभावित हुने हुन्छ ।

जसको कारण काम गर्ने र मेहनती कर्मचारीको मनोबल गिर्छ र समुहकार्यमा प्रत्यक्ष या अप्रत्यक्ष असर पर्ने हुन्छ । कसैले भनि दियो भने मालिकबाट समस्या आउने र तपाईको जागिर समेत धरापमा पर्छ । जागिरको हात धुनु पर्ने समेत हुन्छ । सिधै निकाल्न नसके पनि अनेक उपायद्वारा निकाल्न प्रयत्न गरिन्छ ।

छलफल गर्दा के हुन्छ ?

आँखिर जोखिम मोल्ने हो भने छलफल गर्दा हुन्छ । र कतिपय समयमा राम्रो पनि हुन्छ । यसबाट के फाईदा हुन्छ भने तपाईको जागिर गयो भने पनि अरु स्थानमा मोलतोल गर्न तपाईलाई आँट आउछ । आफू यति सम्म तलब खाने रहेछु भन्ने बारे काम सुरु गर्न सकिन्छ ।

अहिले सामाजीक संजाल र यस्ता प्रतिष्ठानहरु प्रशस्त भएकोले सबै कुरा र अनुमानित आफुले गर्ने कामको तलब अनुमान गर्न पनि सजिलो भएको छ ।

यस बिषयमा कसरी निगरानी राख्ने ?

यदि तपाई आफ्नो तलब बारेमा सहकर्मीलाई सबैको भलोको लागि भन्न चाहनु हुन्छ भने बडो गम्भीरता पुर्वक गर्नुपर्छ । विश्वासपात्र संग मात्र आफ्नो तलब बारे छलफल गर्नुपर्छ । जो जो यस बिषयमा छलफलमा सहभागी भएका हुन्छन उनीहरुले कहिँ कतै पनि यो कुरा बाहिर जानुहुँदैन भन्ने प्रतिबद्धता गर्नुपर्छ । छोडेर गएको कर्मचारीले पनि यस बिषयमा कुरा खोल्नु हुदैन । यसो गरेमा सहकर्मी बीच एकता हुने र मालिकबाट एकरुपता पनि गर्न मदत पुग्ने हुन्छ ।

तर अमेरिकामा फुर्सदको कारण र यस्ता बिषयमा छलफल गर्न अति समयको खाचो हुने हुनाले हरेक कर्मचारीको फरक तलब पनि हुन्छ । ज्ञान शीप अनुभवका आधारमा पनि तलव फरक हुन्छ । तै चुप र म पनि चुप भएपछि मूल ढोका नै बन्द भएपछि कसैले चाँसो लिदैनन ।

पुन :प्रकाशित

प्रतिक्रिया