साझा सद्भाव समुह कतारको प्रथम साधारण सभा सम्पन्न, संयोजकमा कार्की सर्वसम्मत चयन

इनेप्लिज २०७६ जेठ २७ गते २२:४० मा प्रकाशित

गत ७ जुन २०१९ शुक्रबारका दिन साझा सद्भाव समूह कतारको द गोर्खा रेस्टुरेन्ट नज्मामा कार्यबाहक संयोजक श्री गोपाल न्यौपानेको सभापतित्वमा कतारमा सम्पन्न भएको प्रथम ऐतिहासिक साधारण सभाले १५ सदस्यीय “साझा सद्भाव समूह- राष्ट्रिय समन्वय समिति कतार” को सर्वसम्मत कार्यसमिति चयन गरेको छ । कार्यक्रमको संचालन आयोजक समितिको तर्फबाट तदर्थ समितिका महासचिव दिपक कुमार बि.क.ले गर्नुभएको थियो । यस सभाको आयोजनार्थ मिति १० मे २०१९ का दिन मध्यपूर्व क्षेत्रीय संयोजकको प्रमुख आतिथ्यतामा बसेको मासिक नियमित बैठकले निर्णय गरे अनुरुप सौहार्दपुर्ण वातावरणमामा साधारण सभा मार्फत आगामी दुई वर्षको लागि राष्ट्रिय कार्यसमिति चुनेको हो।

विगतमा स्थानीय र राष्ट्रिय तदर्थ समितिहरु हुँदै सद्भाव समूहको गतिविधि संचालन गरिरहेको समूहले विभिन्न क्षेत्रमा बस्ने अधिक सदस्यहरुको उपस्थितिमा सम्पन्न भेलाले दुई वर्षे कार्यकालका लागि कार्यसमितिको नयाँ पदाधिकारीहरु चुनेको हो । कार्यक्रमको अन्त्यमा नव गठित समन्वय समिति कतारका संयोजक गणेश कार्कीले १७ बुँदे कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विघटित तदर्थ समितिका पदाधिकारीहरुको साथमा सल्लाहकार समितिको समेत उपस्थिति रहेको थियो ।

नव गठित कार्यसमितिको आउँदो शुक्रबार १४ जुन २०१९ का दिन पहिलो बैठक बसि कार्यसमिति विस्तार तथा आवश्यक उप-समितिहरु र सल्लाहकार समितिहरु गठन गर्ने जानकारी गराईएको छ ।

नवगठित कार्यसमितिमा संयोजक गणेश कार्की, उपसंयोजक कुलचन्द्र पौडेल, सहसंयोजक ध्रुबराज भण्डारी, महासचिव दिपेन्द्र पोख्रेल, सचिव यादवराज पौडेल, कोषाध्यक्ष सुजन ढकाल, सह-कोषाध्यक्ष टीकाराम भण्डारी, र सदस्यहरु चित्र शाह, प्रविण थापा, सुर्यनारायण गौतम, दिपक थापा, प्रकाश सुबेदी, खगेन्द्र खत्री, दिप सागर श्रेष्ठ, रामबाबु शाह चयन हुनु भएको छ ।

नवनियुक्त पदाधिकारी र सदस्यहरुले प्रमुख सल्लाहकार नारायण विष्टबाट पद तथा गोपनियताको सपथ ग्रहण लिँदै नयाँ जोश जागर र उत्साहका साथ सद्भाव समुहको गतिविधिलाई शसक्त र परिणाममुखी बनाउने प्रण गरेका छन्।

यस ऐतिहासिक घडीमा नवनियुक्त महासचिव दिपेन्द्र पोख्रेलले अघिल्लो तदर्थ समिति तथा सल्लाहकार समितिको अतुलनीय योगदानको कदर गर्दै धन्यवाद ज्ञापन गर्नुको साथै नवगठित कार्यसमितिका साथीहरूलाई पार्टी र व्यक्तिगत तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभयो।

प्रतिक्रिया