एनआरएनए नाइजेरियाको बार्षिक साधारण सभा र निर्वाचन , जुलाई १४ मा हुने

इनेप्लिज २०७६ जेठ २७ गते १०:३४ मा प्रकाशित

लेगोस , नाइजेरिया । गैरआवासीय नेपाली संघ , राष्ट्रिय समन्वय समिति नाइजेरियाको सातौ वार्षिक साधारण सभा यहि जुलाई १४ तारिख आइतबार , २०१९ मा नाइजेरियाको लेगोसमा हुने भएको छ ।

संघका महासचिव रोशन थापाका अनुसार कार्यसमितिको हिजो सम्पन्न बैठकले त्यस अघि नयाँ सदस्यता र नविकरण कार्य समप्न्न गर्ने र साधारणसभाका दिन नै नयाँ कर्यसमितिको निर्वाचन गर्ने कार्यक्रम तय गरिएको छ ।

संघका का. बा . अध्यक्ष बिश्वास पौडेलको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

प्रतिक्रिया