लिम्बु भाषाको ‘के च्याब्रुङ’ बेस्ट फिल्म

इनेप्लिज २०७६ जेठ २७ गते १०:१२ मा प्रकाशित


काठमाडौं । नेपाल आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा राष्ट्रिय सभागृह सम्पन्न तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०७६ लिम्बु भाषाको फिल्म के च्याब्रुङ उत्कृष्ट फिल्म साबित भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यतामा आज भएको समापन समारोहमा गुरुङ फिल्म म्ले क्यु का जसमाया गुरुङ यात उत्कृष्ट निर्देशक, गुरुङ फिल्म ’रिजेनासा’का बलबहादुर गुरुङ उत्कृष्ट पुरुष कलाकार र मगरभाषाको खुर्पेटोबाट बिना थापा मगर उत्कृष्ट महिला कलाकार र राई भाषाको यारी फिल्मका युवराज बीरबहादुर राईलाई उत्कृष्ट छायाकारको पुरस्कार प्रदान गरिएको हो ।

त्यसै गरी गुरुङ भाषाको रिजेनासा फिल्म दर्शकबाट पाएको ४०१ सदर मत बाट तीस हजार नगद सहित पब्लिक च्वाइस अवार्ड जित्न सफल भएको हो । महासंघका अध्यक्ष अमृत सुनुवारया सभापतित्वमा सम्पन्न आजको समारोहमा बेस्ट शर्ट फिल्म राजवंशी भाषाको पुल्टी र बेस्ट डकुमेन्ट्री सुनुवारभाषाको छेककगु ले प्राप्त गरेको छ । महोत्सवमा पुरस्कार निर्णय गर्न आदिवासी जनजाति मातृभाषाका प्रथम सिनेपत्रकार विजयरत्न असंबरे तुलाधर, नेपालको पहिलो महिला सिनेमाटोग्राफर शबनम मुखिया र आदिवासी कलाकर्मी राज थापा रहेको थियो ।

प्रतिक्रिया