शनिबार, साउन ३२ २०७६
काठमाडौं १७:००
वासिङटन डिसी 07:15

डिसी मेट्रो महापुराण सप्ताहको अन्तिम नगर भवन बैठक उत्साहजनक रुपमा सम्पन्न

इनेप्लिज २०७६ जेठ २७ गते ०:४१ मा प्रकाशित

अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने डिसी मेट्रो महापुराण सप्ताहको अन्तिम नगर भवन बैठक उत्साहजनक रुपमा सम्पन्न भएको छ । उक्त नगर भवन कार्यक्रममा महापुराण सप्ताह बाचनको लागि नेपालबाट पंडित दिनबन्धु पोखरेल र खडानन्द सापकोटा यही जुन १७ तारिक आइपुग्नु हुने जानकारी गराइएको छ ।

डिसी क्षेत्रमा बन्ने यो सभा भवनको लागि कम्तिमा पनि साढे दुई मिलियन डलरको बजेट अनुमान गरिएको छ । त्यसको लागि सभा भवन व्यवस्थापनले सके सम्म बनिरहेकै भवन खरिद गर्ने तर नभए जग्गा किनेर आफ्नो भवन बनाउने तर्फ पनि सक्रियतापूर्वक खोजि भइरहेको जानकारी गराइएको छ ।

अहिलेसम्म ७ वटा बैठकहरु उत्तर भर्जिनियाका विभिन्न स्थानमा भएका छन् र यस क्षेत्रका सवैजसो नेपालीहरुको सहभागिता भैसकेको छ । पहिलो दिन अर्थात् जुन २२ आ दिन कलश यात्रा गरिने भएको छ र यसको लागि ४०० थान कलशहरु नेपालबाट ल्याइएको जनाइएको छ । यसैगरी गणेश मूर्ति १० थान, पूजा सामग्रीहरु, गज्नी लगायत केही सामाग्रीहरु झिकाइएको छ ।

यस्तै महापुराण अवधिभर ब्यवसायिक सौजन्यको पनि ब्यवस्था गरिएको र सौजन्यको लागि $ १५ सय, $ १ हजार र $ ५ सय डलरको ब्यवस्था गरिएको जानकारी गराइएको छ । यसको लागि सम्पर्क गर्नु हुन ब्यबसायिक कम्पनीहरुलाई महापुराण आयोजक समितिले आह्वान गरेको छ ।

महापुराण उत्तर भर्जिनिया, फेयरफ्याक्स शहरको ब्राडक रोडस्थित लोटस मन्दिरमा आयोजना हुने छ । त्यहॉ महापुराणको पहिलो दिन बेलुका जुन २२ ,२०१९ का दिन करीब ४ सय कलश सहित हजार जना भन्दा बढीको कलश यात्रा निकालिने भएको बताइएको छ । यसको लागि सवै कलशहरु नेपालबाट अमेरिका ल्याइसकेको बताइएको छ । कलस सजाउन आवश्यक पर्ने फूलहरू हरेक कलस लिने ब्यक्तिलाई नै लिएर आउन अनुरोध गरिएको छ ।

सो अवसरमा ब्रतबन्धको लागि प्रति बटुक ७ सय शुल्क, गुन्हू चोलीको लागि ३ सय डलर, कर्ता बन्नको लागि ५ सय डलर र अन्य ग्रह शान्ति, स्वस्ती शान्ति आदि पूजाआजाको लागि ३ सय डलर दान गर्नु पर्ने जानकारी गराइएको छ ।

महापुराण भन्दा पछिको समयमा के कस्ता कार्यक्रम गर्ने भन्ने कुरा जानकारी गराउंदै प्रेम संगौलाले समीक्षाको लागि एक नगर भवन सभा बैठक गर्ने जानकारी गराएका छन् । त्यस्तै अर्को ३ वर्षको लागि जमीन वा भवनको ब्यवस्थापनको योजना माथि काम गर्ने जानकारी अभियन्ता ठाकुर ढकालले गराएका छन् । गराइएको छ । यसै गरि मन्जु संग्रौलाले नेपालबाट झिकाइएको कलस समाप्त भएको जानकारी दिदै महिला भनेको शक्ति हुन् । उनले अगाडी भनिन महिला ले ठुलो भूमिका निर्वाह गर्छन भन्दै महापुरणमा कुअनि कसर नछोड्ने प्रतिबद्धता गरिन ।

यसै गरि पण्डित राजेन्द्र खनालले सामूहिक व्रतबन्ध ,गुन्यु चोलो ,कर्ता आदि पूजा आदी ईत्यादीको बारेमा बताएका थिए । ददिराम ढुंगानाले स्वागत गर्दै महा पुराण बारेमा अहिले सम्मका गतिबिधि सम्बन्धि प्रकाश पारे । कार्यक्रममा गोपाल रेग्मीले बिधान ,ट्रस्टी (गुठि सदस्य )का बारेमा चर्चा गरेका थिए । यसै गरि स्वयम् सेवकका जिम्मा लिएका चन्द्र लामाले स्वयम् सेवक सम्बन्धि जानकारी गराएका थिए ।

कार्यक्रममा उपस्थित सामाजिक अभियन्ताहरु खगेन्द्र अधिकारी,परशुराम भण्डारी ,गुणराज लुइँटेल ,मधु पन्थी ,केदार तिम्सिना,गोविन्द सुबेदी ,आनन्द पौडेल लगायतले सुझाव,सल्लाह साथै केही जिज्ञाशा राखेका थिए ।

 

प्रतिक्रिया