के तपाईंसँग आफ्नै लागि १५ मिनेट समय छ ? मात्र २० मिनेट यो भिडियो हेर्नुहोस जिवन सफल बनाउनुहोस

इनेप्लिज २०७६ जेठ २६ गते २३:५६ मा प्रकाशित


बिहान ओछ्यान छाड्दै गर्दा तपाईंको दिमागमा दिनभरको कामबारे योजनाहरु बन्न थाल्छ । के गर्ने, कसलाई भेट्ने, कहाँ जाने यी सबै कुरा मोटामोटी तय हुन्छ । शौच कर्म सक्नुहुन्छ । फ्रेस हुनुहुन्छ । हतार हतार चिया नास्ता खानुहुन्छ । घरबाट निस्कनुहुन्छ । यतिबेला पनि तपाईंको दिमागमा उही कुरा सल्बलाइरहका हुन्छन् । कसलाई के भन्नुपर्ने हो, कसलाई भेट्नुपर्ने हो, कोसँग के काम गर्नुपर्ने हो इत्यादि ।

दिनभर काममा व्यस्त हुनुहुन्छ । साँझ थकित ज्यान लिएर घर र्फकनुहुन्छ । विश्राम गर्नुहुन्छ । अनुमान गर्न गाह्रो छैन, दिनभरमा तपाईंले जे-जे गर्नुभयो, ति सबै आफ्नो काम, करियर, परिवार, उद्यम-व्यवसायका लागि गर्नुभयो । तपाईंको दिमागलाई हरक्षण यी कुराहरुले कहिल्यै छाड्दैनन्, कसरी कमाउने ? कसरी जागिरमा स्तरोन्नती हुने ? कसरी व्यापारको दायरा बढाउने ? कसरी घर-घडेरी जोड्ने ? कसरी बैंक ब्यालेन्स बढाउने ?

अब सोच्नुहोस् त, के यसबीचमा तपाईंले कहिल्यै नितान्त आफ्नो खातिर केही गर्नुभयो ? दिनभर तपाईंको मनको इशारामा दौडने शरीरको भाषा सुन्नुभयो ? संभवत तपाईंले दिनभर जे-जति गर्नुभयो, आफ्नै भलाईको खातिर गर्नुभयो । तर, त्यसो भन्दैमा तपाईंले नितान्त आफ्नो निम्ति समय दिनुभयो भन्न सकिदैन । तपाईंले आफ्नो शरीरको भाषा सुन्नुभयो भन्न सकिदैन ।

अर्थात तपाईंले आफ्नो शरीरलाई उपेक्षा गर्नुभयो । तपाईंले आफैलाई हेला गर्नुभयो । काम, करियर, प्रतिष्ठाको चक्करमा तपाईंले आफैलाई महत्व दिनुभएन । हो, यही कारण त शरीर तपाईंको प्रतिकुल हुँदैछ । अर्थात दिनदिनै शरीर जीर्ण हुँदैछ । रुखो हुँदैछ । कमजोर हुँदैछ । शिथिल हुँदैछ । रोगी हुँदैछ ।

प्रतिक्रिया