मंगलबार, मंसिर २४ २०७६
काठमाडौं १४:०६
वासिङटन डिसी 03:21

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सन्दर्भ

डा. नन्द रेग्मी २०७६ जेठ २६ गते २३:४१ मा प्रकाशित

डा. नन्द रेग्मी,डालास, टेक्सास, संयुक्त राज्य अमेरिका । गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण सम्बन्धमा यति खेर थुप्रै बिषयहरु अनुत्तरित रहेको देखिन्छ । मुख्यतया बन्न लागेको जग्गाको स्वामित्वको बिषय, कृषि र बन बिस्व बिधालयको जग्गा क्रिकेट बनाउन अनुदान दिनु कति उपयुक्त छ र धुर्मुश सुन्तली फाउंडेशनले यो काम गर्न खोज्नु कति उचित छ भन्ने रहेका छन ।

जग्गाको स्वामित्वको बिषय मुख्य गरेर त्रिभुवन बिस्व बिद्यालय र कृषि र बन बिस्व बिद्यालयको आपसी खींचातानीमा रहेको देखियो। कृषि र बन बिस्वबिद्यालयका पूर्ब उपकुलपतिका अनुसार त्रिभुवन बिस्वबिद्यालयले यस सम्बन्धमा बनेका कानूनको अनादर गर्यो भन्ने रह्यो । यी दुबै बिस्वबिद्यालय स्वायत्त भए पनि यिनको अनुदान दाता नेपाल सरकार हो । यसर्थ यो भौतिक स्रोत सम्बन्धी किचलोको समाधान सरकारले नै गर्नु पर्ने देखिन्छ ।

कृषि प्रधान देशको पुरानो तथा अहिले पनि केन्द्रीय इज्जत बोकेको बिस्वबिद्यालयको जग्गा क्रिकेट रंगशाला बनाउन अनुदान दिनु दुःखद बिषय हो । यस बारेमा देशमा रहेका अथवा बिदेशमा रहेका बुद्दिजीबीहरु तथा प्राज्ञहरुले दिएको सुझाब सरकारले मनन गर्नु दीर्घकालीन हिसाबले बांछनीय हुनेछ । नेपालको कृषि, बन, पशुपालन प्रणाली अझ पनि निर्बाह मुखी अबस्थामा नै छ यी। बिषयका र यी संग जोडिएक बाताबरण सम्बन्धी अनुसंधानात्मक काम हुन अझै बर्षौ लाग्ने देखिन्छ । यस बिचमा भौतिक स्रोत जोगाउन नसक्नु बिस्वबिद्यालयको कमजोरी र सरकारको सुजबुझ नपुग्नु हुनेछ ।

साथै, खेल जगतमा सर्बाधिक चर्चामा रहेको क्रिकेट र यसका माध्यमले नेपालले पाएको अन्तराष्ट्रीय सफलताले गर्दा नेपाल राष्ट्र र नेपालीहरुको अंतरास्ट्रीय सम्मान बढेको छ । साथै लाखौ युबाहरु खेल जागतमा आकर्षित छन । यसर्थ क्रिकेटको साथै अन्य राष्ट्रीय खेलहरुको सही बिकास र प्रबर्धन गर्नु राष्ट्रको दाइत्व पनि बनी आएको देखिन्छ ।

उता, धुर्मुश सुन्तली फाउंडेशनले अहिले सम्म राम्रो काम गरेको कुरा छर्लङ्ग नै छ । त्यों बिबाद रहित नै देखिन्छ र अहिलेसम्म उस्ले गरेका कामले उस्लाइ दुःखको साथीको रुपमा चिनाउदै भावनात्मक समबन्ध बिस्तारकको हैसितमा चिनाएको छ । संभबत फाउण्डेशनका काम यस्तै नै हुन्छन । तर उस्ले अंतरास्ट्रीय स्तरको रंगशाला बनाउन आंट गर्नु र उस्लाइ कुन नगर पालिकाले लान पाउने हो भन्दै प्रतिस्पर्धा गरेको देखिनुलाई कसरी बूझने ? राष्ट्रीय स्तरको गरौवको योजना तर्जुमा सरकारको मुख्य योजना बन्नू पर्ने होइन र ?

राष्ट्रका आधार स्तम्भ निर्माण गर्दा कुन सरकारी निकाय, कुन साझेदारी निकाय, कुन जनस्तर निकायबाट निर्माण गर्ने हो सो को बर्गीकरण अति आवश्यक छ ।साथै त्यस्ता भौतिक संरचनाहरु देशको कुन कुन ठाउमा ठीक हुन्छन्, र कुन संरचना कुन लगानी प्रणाली मार्फत बन्दै छ भन्ने राष्ट्रीय निति आवश्यक छ । बनी सके पछि परियोजना कसरी चल्छ र टिक्छ भन्ने ब्यवस्था पनि संरचना बन्नू पूर्ब नै बिस्तृति अवगत हुनु पर्ने हुन्छ ।

अनेकौँ कारणले गर्दा अहिलेको सरकारसंग जनताका अपेक्षा धेरै छन । बर्षौको अथक राजनैतिक लड़ाई पछि बन्न सफल स्थाई सरकारले जनताका अनेकौँ सपनाहरुलाई पहिचान गर्दै आफ्नो कार्यक्रमको मुख्य खण्ड बनाओस भन्ने जनइच्छा रहेको देखिन्छ । धेरै बर्ष सम्मको आतंरिक संघर्षमा परेर राष्ट्रको आर्थिक अवस्था कमजोर भएको र राष्ट्रीय उद्योग लगभग शुन्यको अवस्थामा झरेको, रोजगारी नभएर युबा मौलनिनु परेको, भरष्टाचार सस्थागत भएको, गरिबिले सताएको मुलुक भएकोले सर्ब साधारण जनताले आफ्नो गरीखाने सरल र भ्रस्टाचार रहित प्रस्ट देखिने पद्दतिको बाटो हेर्दै छन । यस्तो पृष्ठभूमिमा बनेका संघीय सरकार, प्रादेशिक सरकार तथा स्थानीय सरकारहरु गुणस्तर युक्त, कम खर्चीला, मेहनती, कम सुबिधा लिएका र पारदर्शी हुदै जनतासंग बिकाश निर्माणमा सँगै रहुन भन्ने जनताको चाहना देखिन्छ ।

सर्ब साधारण जनता सकेसम्म सरकारले गरेको छ, हामी पनि सकेसम्म मेहनत गरौ, लागौ न भन्ने बाताबरण बन्छ की भन्ने आशको परखाई छन । सड़क आन्दोलन, हड़तालहरु छिटपुट बाहेक छैन । सिमित राजनैतिक नेता र कार्यकर्ताहरु बाहेक सर्ब साधारण जनता आन्दोलनको पक्षमा देखिदैनन । यस्तो अनुकूल बाताबरणको अवसर पहिले थिएन । यतिखेर सरकारलाइ एउटा अपूर्ब र अद्वितीय अवसर प्राप्त छ । नेपाल राष्ट्र, नेपाली जनता, बुझ्न चाहे नेताहरु र दलहरु या राजनैतिक प्रणाली सबैलाई यसमा राम्रै देखिएको छ ।

यस्तो एउटा अति बलियो सरकारले काम गर्दा नेपाल र नेपालीको दीर्घकालीन हितलाई दृश्टिगत गरी योजना बनाउनु पर्ने हुन्छ । राजनैतिक प्रणाली, ब्यवस्था, सरकारहरु सबै भइसकेको अवस्थामा मेरो र पराई नभनी, योग्यता र क्षमतामा आधारित रहेर देशको आवस्यकतालाई बुझने र बहन गर्ने सक्ने ब्यक्ति सरकारको नजरमा पर्नु पर्छ । त्यस्ता ब्यक्तिहरुबाट देशको अल्प र दीर्घ कालीन योजना बनाएर राष्ट्रीय तथा अंतरास्ट्रीय स्तरका योजनाहरु प्राथमिकताका आधारमा लैजानु पर्दछ । यसरी संरचना निर्माण गरिए मात्र सबै परियोजना बनी सक्दा देशको मुहांर फेरिएको, संतुलित बिकाश देखिएको, सरकारी, सहकारी, तथा निजी ब्यक्ति बिशेषको राष्ट्र निर्माणमा रहेको योगदानको अर्थ रहला । र देश भित्र र बाहिर रहेर नेपाललाइ माया गर्ने सबैलाइ देश निर्माणमा योगदान गर्ने अवसर प्राप्त होला ।

मैले क्रिकेट रंगशाला घोषणा कार्यक्रमको भिडियो हेरे । भरतपुर महानगरको मेयरको अन्तरवार्ता पनि भीडोयोमा हेरे । बर्तमान र भूतपुर्ब प्रधानमंत्रीहरु उपस्थित भएर यस बारे प्रचार गरेको भिडियो पनि हेरे मैले । मलाई अली खल्लो लाग्यो । त्यहा उहाँहरुले कस्तो राष्ट्रीय निति र योजनामा गौतम बुध्द अंतरास्ट्रीय क्रिकेट रंगशाला बन्दैछ भन्न सक्नु भएन । कस्तो अचम्म ? जुनसुकै ब्यक्ति र सस्थाको पनि सिमा हुन्छन नि । उसको मुख्य क्षेत्र पनि हुन्छ । उहाँहरुले त गर्बले नै भाषण दिनु भयो तर के सरकारले यस्तो महत्वको परियोजनामा आफ्नो नीति राख्न सक्यो ? त्यों राख्न सक्नु पर्छ की पर्दैन ?

युबा बर्गको समग्र बिकास गर्न खेलको बिकास अपरिहार्य नै छ । बेला मौकामा गौतम बुध्दका जन्मस्थानका बारेमा बिबाद पनि पारी नै दिने गरेको सन्दर्ममा रंगशालाको नाममा गौतम बुध्द जोडिएको मन परेको छ । यसले राष्ट्रीय भाबको बिकासमा सहयोग नै गर्दछ । चितवन बासीको हिसाबले चितवनमा यस्ता परियोजना पर्नु खुशिकै बिषय हो । साथसाथै महत्वपूर्ण बिषय यो छ की उपयुक्त परियोजना उपयुक्त स्थानमा हुनु देशको संतुलित र समग्र दीर्घकालीन बिकासको आधार हो । यस बिषयमा धुर्मुस सुन्तली फाउण्डेशन, स्थानीय जनता, बौद्विक ब्यक्तिव, भरतपुर महानगर पालिका, कृषि र बन बिस्वबिद्यालय र सरकारको यथोचित ध्यान पुगोस- यही शुभेच्छा सहित ।

प्रतिक्रिया