बिहीबार, भदौ ५ २०७६
काठमाडौं २१:१६
वासिङटन डिसी 11:31

नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी बारे पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

विजय थापा २०७६ जेठ २६ गते १८:३८ मा प्रकाशित

जुन ९,डिसी । अमेरिकाको राजधानी वासिङ्गटन डिसी महानगर क्षेत्रमा आगामी जुन २८-३० सम्म हुने ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९’ को तयारी सम्बन्धि पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

उक्त पत्रकार भेटघाट कार्यक्रममा लगभग तयारी अवस्थामा महोत्सव पुगेको जानकारी आयोजक नेपाल अमेरिका फिल्म सोसाइटीका अध्यक्ष एवं महोत्सवका निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिए । ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९’ तेश्रो संस्करण हो भने यसका लागि नेपाल बाट चलचित्रकर्मी नविन सुब्बा अमेरिका आई पुगेका छन् ।

अन्य केही बिशेष व्यक्तित्वहरू आउने क्रम जारी छ । तीन दिनसम्म चल्ने उक्त महोत्सवका लागि संसारभरबाट आवेदन विभिन्न विधाका चलचित्रहरु आई सकेका छन् । नेपाल र अमेरिकाको कला, संस्कृति र ज्ञानलाई चलचित्रको माध्यमबाट जोड्ने लक्ष्यका साथ स्थापित नेपाल अमेरिका फिल्म सोसाइटीले अमेरिकामा यो पटक सहित तेश्रो पटक महोत्सव आयोजना गर्न लागेको हो ।

महोत्सवमा मूलतः नेपालका बिशेष चलचित्र,वृत्तचित्र, छोटा चलचित्र, सजीवता (एनिमेशन)का साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिनेछ । नेपालबाहेक दक्षिण एसिया, अमेरिका सहित विश्वभरी बनेका चलचित्रहरु समेत महोत्सवमा प्रदर्शन गरिने छ ।

जुन २८ शुक्रबारका दिन साँझ ६:३० देखि सुरु हुने उद्घाटन कार्यकममा रातो गलैचा सहितको हुने छ । उक्त कार्यक्रमको लागि चलचित्र बुलबुल सहित बिशेष कार्यक्रम लगायतको लागि केवल $ २० डलर शुल्क लाग्नेछ ।

यसै गरि दोश्रो दिन केवल १० डलर तिरे पछि जति पनि चलचित्र हेर्न पाइने छ । यदि ३ दिन सम्म नै सहभागिता जनाउने हो भने बिशेष (भिआईपी )प्रवेश पत्र शुल्क $ १०० तिरेमा तिन दिन सम्म सबै चिज हेर्न पाइने छ ।

यस पटकको महोत्सवमा चलचित्रकर्मी नविन सुब्बा महोत्सवमा मानार्थ सभापति रहनु हुने छ । पत्रकार सम्मेलनमा डिसी महानगर क्षेत्रका ६ वटा चलचित्र लाई स्थान दिइएको बराईलीले जानकारी गराएका छन् । यसै गरि मेरिल्याण्डको सिल्भर स्प्रिन्ग्समा ३४ वटा चलचित्र देखाइने छ ।उद्घाटन मेरिल्याण्डको सिल्भर स्प्रिंग तथा समापन मेरिल्याण्डको ह्यातस्भिलमा हुने छ । नविन सुब्बाले यस महोत्सवले नेपाली समाजलाई जोड्ने बताए ।

यसै गरि सम्मेलनमा उपस्थित गीतकार डा अनुप पहाडीले महोत्सव नेपाली समुदायलाई जोड्ने एक सशक्त माध्यम हो भन्दै हामी मात्र नभई बिदेशीहरुलाई पनि उत्प्रेरणा गर्नु पर्ने बताए । यसै गरि ईञ्जाका अध्यक्ष गुणराज लुइँटेलले बराईलीले थालनी गरेको यो कदम निकै सराहनीय छ भन्दै सबै समुदायलाई सहभागी जनाउन आग्रह समेत गरेका छन् । यसै गरि समाज सेवी तथा संचारकर्मी परशुराम भण्डारी तथा डीबी सागरले लगायतले केही कुराहरु राखेका थिए ।

पत्रकार भेटघाट कार्यक्रममा अमेरिकाका विभिन्न राज्य तथा डिसी महानगर क्षेत्रमा बसोबास गर्ने सबैलाई महोत्सवमा सहभागिता जनाउन आग्रह गरेका छन ।

चलचित्र प्रदर्शनपछि चलचित्रबारे दर्शक र चलचित्र निर्माता÷निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम समेतको आयोजना गरिने छ । साथै प्रतिष्पर्धाका लागि छानिएका उत्कृष्ट चलचिहरुलाई पुरस्कृत गरिने छ ।

प्रतिक्रिया