जवानीको फूल Cover Video Competition

इनेप्लिज २०७६ जेठ २६ गते १७:२९ मा प्रकाशित

कभर भिडियो बनाउनुहोस् , उत्कृष्टलाइ पुरस्कार सहित अफिसियल भिडियोको मान्यता दिइने ।

हार्दिक मिडियाले एक गीतको कभर भिडियो प्रतियोगिता आयोजना गरेको छ । सिडि बिजय अधिकारीको आवाज तथा संगीत रहेको तथा हरी उप्रेतीको लेखन रहेको उक्त अडियो गीत हार्दिक मिडियाको अफिसियल यूटुव च्यानलमा सार्वजनिक गरिएको छ । कभर भिडियो बनाइरहेका देश बिदेशमा रहने डान्सिङ ग्रुप तथा व्यक्तिहरुले कभर भिडियो बनाउन सक्ने छन् । उत्कृष्ट कभर भिडियोलाइ अफिसियल म्यूजिक भिडियो घोषणा गरि राष्ट्रिय स्तरका मिडियामा प्रचार प्रसार गरिने बताइएको छ ।

गीतकार हरि उप्रेतीले उत्कृष्ट कभर भिडियो निर्माण गर्ने टिमलाइ नगद राशि सहित सम्मान गरिने बताएका छन् । कभर भिडियो बनाएर हार्दिक मिडियाको इमेलमा पठाउने पर्ने छ ।

Email : [email protected]

https://www.youtube.com/watch?time_continue=6&v=QcyzttgpDb4

प्रतिक्रिया