अमेरिकामा कहिले, कहा, कत्रो र कतिको घर किन्ने ?

महेश भट्टराई ,मेरिल्याण्ड २०७६ जेठ २६ गते १२:३५ मा प्रकाशित

हुनत हरेक मानिसको अबस्था, सोच, सपना र कल्पना फरक फरक धेरै हुन्छन । मेरो कुरा सहमत जनाउनु पर्छ भन्ने बिल्कुलै छैन । यो मेरो मेरो बुझाई र भोगाई हो । तर पनि अमेरिकन सपनामा प्रमुख पर्ने भनेको एउटा स्थायी जागिर, कार र घर हो ।

अमेरिकामा काम पाउनु ठुलो कुरा भएन मात्र कामको प्रकृती फरक हो । जागिर भए पछि कार किन्नु अत्याबश्यक र सामान्य कुरा पनि हो । त्यस पछिको सपना भनेको घर नै हो ।

घर कहिले किन्ने ?

मेरो बिचार र अनुभबमा सिंगल वा डवल हुनुहुन्छ भने घर किन्नु भन्दा अन्यमा लगानि गर्दा हुन्छ वा हतारिनु राम्रो होइन । राम्रो एपार्टमेन्ट मै बस्नुस । थप झन्झट र खर्च थप्नु सट्टा राम्ररी घुमफिर गरि रमाइलो जिवन बिताउनुस । किनकी पछि बच्चा भै सके पछि फ्रि भएर घुम्न डुल्न कमै मिल्छ वा सजिलो पनि छैन ।

बालबच्चा छ भने आफ्नो आम्दानी र परिबार संख्या हेरेर घर बेलैमा किन्नुस । परिबार संग बस्ने समय भनेको छोराछोरी १८-२० बर्ष सम्म मात्र हो । त्यसैले घर किनेर यो अमुल्य समयको फाइदा लिनुस । छोराछोरी कलेज वा जागिर खान शुरू गरे पछि घर संगै बस्ने चान्स कमै हुन्छ ।

धेरै बर्ष सम्म स परिबार एकै कोठामा अझै अर्को परिबार संग शेयर गरि दुख संग गरेर बिताएको दिन लाई सचियाउन सकिदैन । आज ठुलो घर किने पछि छोराछोरी जागिर, पढाई, बिबाह भै घर र कोठा रित्तै भएको धेरै पिडा र दुख धेरैको देखेको र सुनेको छु ।आबस्यकता हुदा घर भएन,घर हुदा छोराछोरी साथ नहुदा कस्तो अनुभुत होला ?

घर कहां किन्ने ?

सामान्य घर किन्दा स्कुल र ठाऊको सुरक्षा रेटिड हेरेर किन्ने गरिन्छ । त्यसै अनुसार मुल्य समेत निर्धारण गरिएको हुन्छ । सबै भन्दा महत्बपूर्ण आफ्नो बजेट र क्षमता हो । समिक्षा दोहोरो गर्न सक्नु पर्छ । नराम्रो रेटिड भएको स्कूल र ठाऊमा पढेर पनि छोराछोरीले राम्रो भबिष्य बनाएका छन । त्यो राम्रो प्रतिशत भाग बनाउने नै हामी एसियनका छोराछोरीले नै हो । म्याग्नेट स्कूलमा छनोट र अन्य थप अबशरहरूमा हाम्रै नेपालीहरू नै छानिन सक्छन। स्कूल र ठाऊ राम्रो हुदैमा बच्चाको पढाई राम्रो नै हुन्छ भन्ने मान्यताको भ्रममा नपर्नु होला । पढ्ने आफ्नै छोराछोरी र अभिभावकको राम्रो गाइडेन्सले हो । धेरै राम्रो रेटिड र धनि बस्ति र स्कूलहरूमा जादैमा राम्रो नै हुन्छ भन्न सकिदैन ।गन र ड्रगको बिगबिगी र प्रयोग हुने पनि धनि परिवार र समाजमा नै हो । सुरक्षा र कम्तिमा एक छिमेकी नेपाली मामलामा भने महत्व दिनुस।

घर कत्रो किन्ने ?

घर परिबार संख्या र स्थायी आम्दानी हेरेर किन्नु पर्छ । जब सम्म स्थायी आम्दानी छैन भने श्रृण लिएर ठुलो घर कहिल्यै नकिन्नु होला । ठुलो घर, ठुलो खर्च र धेरै काम भन्ने नभुल्नु होला ।राम्रो र ठुलै घर किन्ने मित्रहरू श्रृणमा ढुवेको तथ्यहरू पनि धेरै छन । आफ्नो घर कै स्विमिड पुलमा बच्चा ढुवेको र छोराछोरी घर छाडी हिडे पछि छोपेर प्रयोग नगरेको बसेको पनि देखेको छु ।घर सरसफाई, कम्पाउन्ड मै घास काट्दा र हिऊं सोर्हदा डाडको रोगी भएको पनि सुनेको छु । कार राख्ने गराज भए पनि प्रयोग गरेको कमैले देखेको छु ।इच्छा छ, पैसा छ, प्रयोग हुन्छ र ठुलो परिबार छ भने सबै भौतिक सुबिधायुक्त घर किन्दा हुन्, पैसाले धेरै काम गराउन सकिन्छ । तर देखाउन लाई होइन । मेरो बिचारमा सानो घर सुखी परिवार !

कत्ति रकमको किन्ने ?

सिधा कुरा घाटी हेरेर हाड निल्नु पर्छ। स्थायी आम्दानी मुख्य कुरा हो। दोस्रो कुरा कति बर्ष बस्ने हो, योजना बनाउनुस ।बैकले श्रृण दियो वा पत्यायो भन्दैमा वा अरूको देखेर वा डाहा गरेर घरमा र अनाबश्यक फर्निसिडमा रकम नखन्याउनुस ।मोरगेज तिर्न नसकि श्रृणमा ढुवेको, श्रृण लिएर मोरगेज तिरको र लिलामीमा गएको धेरै सुनेको छु । मिले सम्म कम डाउन पेमेन्ट गर्नुस ।केहि रकम जोखिमलाई जोगाएर राख्नुस। ५% डाउन पेमेन्टमा समेत एम.आई.नलिने बैकरहरू पनि छन, बजारमा खोजि गर्नुस।ठुलो घर भाडामा दिने वा किचन शेयर गर्ने मनशायले नकिन्नुस ।

सारांशमा

घर सानो र आफ्नो हैसियत हेरेर बेलैमा किन्नुस र परिबार संग बेलैमा खुशी साथ जिवन बिताउनुस ।बुढेसकालमा ठुलो तले घरले अर्थ राख्दैन । दुख गरि बितेको समय र पछुतो फर्केर आउदैन न त डिलिट र इडिट गर्न नै मिल्छ ।

जिवन छोटो र महत्वपूर्ण छ । परिबार संग बिताएका जिवनका हरेक पल महत्वपूर्ण हुन्छ । पैसा संग परिबारको खुशी साट्न मिल्दैन। हरेक पल लाई १००% दिएर परिवार संग खुशी साथ बाच्न सिकौ ।

प्रतिक्रिया