डिसीमा वरिष्ठ पत्रकार द्वय तीर्थ कोइराला तथा जिवेन्द्र सिम्खडा संग डिसीका पत्रकारहरुको भेटघाट तथा अन्तरक्रिया

विजय थापा २०७६ जेठ २६ गते १:३३ मा प्रकाशित

डिसी । अमेरिकाको भ्रमणमा रहनु भएका नेपालका वरिष्ठ पत्रकार द्वय तीर्थ कोइराला तथा जिवेन्द्र सिम्खडासंग डिसीका पत्रकारहरुले भेटघाट तथा अन्तरक्रिया गरेका छन् ।

अनौपचारिक रुपमा राखिएको भेटघाट,अन्तरक्रिया तथा दिवा भोजन सहितको कार्यक्रममा तीर्थ कोइराला तथा जिवेन्द्र सिम्खडाले आफ्ना केही भनाई राख्नु भयो । अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ( ईञ्जा)को आयोजना कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रम अनौपचारिक भएता पनि उक्त भेलामा कान्तिपुर दैनिकका पूर्व पत्रकारहरुको बिशेष जमघट रहेको जस्तो अनुभूति हुन्थ्यो । कार्यक्रममा कान्तिपुरका संस्थापक सम्पादक तथा ईञ्जाका संरक्षक वरिष्ठ पत्रकार योगेश उपाध्याय ,वरिष्ठ पत्रकार तीर्थ कोइराला ,वरिष्ठ पत्रकार जिवेन्द्र सिम्खडा ,वरिष्ठ पत्रकार हरि अधिकारी ,ईञ्जाका अध्यक्ष गुणराज लुइँटेल,नेजाका संस्थापक गिरिश पोखरेल ,ईञ्जा प्रमुख संरक्षक राम चन्द्र खरेल ,हाल बिबिसी नेपालीका पत्रकार फणिन्द्र दाहाल ,नेजा कार्यकारी समितिका बाबुराम खरेल लगायत अन्य पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको समन्वय ईञ्जाका उप सभापति सुनिल मणि दाहालले गर्नु भएको हो ।

नेपाल प्रेस इन्स्टिच्युटका निवर्तमान अध्यक्ष, नेपाल पत्रकार वातावरण समूहका निवर्तमान अध्यक्ष ,थाहाखबर.कमका प्रधान सम्पादक, कान्तिपुर टेलिभिजनका पूर्व प्रधानसम्पादक को रुपमा काम गर्नु भै सकेका कोइरालाका कुरा श्रवण गर्न पत्रकारहरु जम्मा भएका थिए ।

यसै गरि वरिष्ठ पत्रकार जिवेन्द्र सिंखडा रातो पाटीको प्रधान सम्पादक हुनु हुन्छ भने वहाले पनि छोटो सारगर्भित मन्तब्य राख्नु भएको थियो । धादिङ दार्खाका सिम्खडा २०४६ सालको जनआन्दोलन सघाउन निकालिएको समालोचना दैनिकबाट पत्रकारिता सुरु गर्नु भएकोहो । जनमञ्च साप्ताहिक, कान्तिपुर दैनिक, स्पेसटाइम दैनिक, राजधानी दैनिक, समय साप्ताहिक लगायतका पत्रपत्रिकामा कार्यरत सिम्खडा रातो पाटी अघि अन्नपूर्ण पोस्ट दैनिकको सम्पादक हुनु हुन्थ्यो ।

कार्यक्रममा ईञ्जाका अध्यक्ष गुणराज लुइँटेलले नेपालबाट पत्रकारहरु आउँदा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने गरेको स्मरण गराउदै उपस्थित सबैको संक्षेपमा परिचय गराउनु भएको थियो ।

कार्यक्रममा योगेश उपाध्यायले द्वय तीर्थ कोइराला तथा जिवेन्द्र सिम्खडा लाई पत्रकारिताका खम्बा हुन् भन्नु भयो । सिम्खडाले यसरी जमघट गरि हामीलाई चिनजान र नया साथीभाईहरु संग भेट्ने अवसर पाएको बताउनु भयो । सिम्खडाले आफू पहिला पनि अमेरिका आएको तर उक्त समयमा योगेश उपाध्याय दाई संग भेट हुन सकेको थिएन भन्नु भयो तर अहिले झन्डै २२ बर्ष पछि भेट हुन् पाउँदा हर्ष लागेको बताउनु भयो ।

यसै गरि तीर्थ कोइरालाले निजि काममा अमेरिका आएको भन्दै आयोजक ईञ्जालाई धन्यबाद दिनु भयो । वहाले अहिलेको दुनिया प्रविधिले जति सजिलो बनाएको छ त्यति नै अप्ठ्यारो पनि बनाएको बताउनु भयो । वहाले नेपालको बारेमा आफूले केही भन्नै नपर्ने बताउनु भयो ।

संचार माध्यम भन्दा पनि सामाजिक संजाल सशक्त रहेको बताउनु भयो । वहाले नेपालमा अब्राहम लिङ्कन को निधन भएको ३ महिना पछि खबर पुगेको थियो अरे भन्ने प्रशङ्ग छुदै अहिले अमेरिकामा के भयो भने एकै छिनमा थाहा हुने बताउनु भयो ।

हामी पत्रकारहरुलाई संचार स्वतन्त्रता चाहिएको छ भन्नु भयो । आफूले अमेरिकाको भ्रमण गर्दा नेपाल प्रति माया र चासो रहेको पाएको बताउनु भयो । नेपाल कहाँ पुगेको छ त भनि भन्दा नेपालको आफ्नै मार्गमा छ भन्नु भयो ।

संचार माध्यमको चर्चा गर्दै अहिलेका नया पुस्ता प्रति आशाबादी चै हुनै पर्छ तर उनीहरु पत्रकारिता नै पढेर आएता पनि सूचना,भाषा तथा ज्ञान पनि नभएको आफूलाई लागेको बताउनु भयो ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया