तेह्रथुम समाज यू के को वार्षिक भेला २०१९ सम्पन्न ।

इनेप्लिज २०७६ जेठ २५ गते २३:१५ मा प्रकाशित

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत

गत ८ जुन २०१९ को दिन बेलायतको आशफोर्डमा तेह्रथुम समाज यू केले वार्षिक भेला २०१९ भब्यरुपमा सम्पन्न गरेको छ ।

सुरेन्द्र तुम्बाहाङ्फे र पृथ्बि बहादुर तुम्बाहाङ्फे विशिष्ट अतिथिमा आसिन रहेका थिए र अन्य अतिथिहरुमा ताप्लेजुङ समाज यूकेका अध्यक्ष बुद्धिमान दर्नाल, पाँचथर समाजका प्रतिनिधी सकुन नेम्बाङ्, सङ्खुवा सभा समाजका प्रतिनिधी सुन्दर लिङ्थेप, नेपाल बाट आएका गायक विषेशत लिम्बु भाषाका गीत गाएर धेरै चर्चा कमाई सकेका ब्रबिम शेर्मा, तारा लोक्साम, तेह्रथुम समाजका संस्थापक संम्योजक भिमराज तुम्बाहाङ्फे, समाजका सल्लाहकार लोक गुरुङ्, सल्लाहकार तथा पुर्बध्यक्ष सुर्य खापुङ्, कानुनी सल्लाहकार उत्तरमान तिगेला साथै एन आर एन यूकेका उप–सभापति श्रीमती सुशिला राई रहनु भएको थियो ।

उक्त कार्यक्रममा नेपाल र यूकेको राष्ट्रिय गाना बजाए पछि संस्थाका अध्यक्ष डम्बर सिङ्गक साथै विशिष्ट अतिथिहरुले संयुक्त रुपमा दिप प्रज्वलन गरेपछि कार्यक्रम शुरु गरिएको थियो, तत्पश्चात स्वागत नाँच नानीहरुले गरेका थिए । संस्थाका नयाँ आजीवन सदस्यता लिने सदस्यहरुलाई सम्मान पत्र र ब्याज हस्तान्तरण, उत्तम शैक्षिक योग्यता लिने नानीहरुलाई प्रोत्साहन पत्र साथै अन्य कुनै समाजलाई प्रतिनिधि मुलक सन्देश, योग्यता तथा ज्ञान हासिल गर्नेहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

त्यस पश्चात चेलिबेटिहरुलाई स्वागत सम्मान गर्दै पहिलो सत्रको कार्यक्रम सकिएको थियो ।

कार्यक्रमको दोस्रो सत्र संस्कृतिक कार्यक्रमबाट सुरु भएको थियो जस्मा फेशन सो अन्तर्गत विभिन्न जात जातीहरु लीम्बु, राई, नेवार मगर साथै अन्य जातजातीहरुको मौलिक पहिरनहरुलाई उदृत गर्ने प्रयास मोडेल तथा नायिका सिर्जना निङ्लेकुले गरेका थिए, वहा बेलायतलाई कर्मभुमि बनाए सँगै सिर्जना ढाका फेशन “Srijana ढाका fashion” सँञ्चालनमा ल्याएकि छिन जस्मा ढाकाका लुगा कपडाहरु अडर अनुसार सुफत मुल्यमा उपलब्ध हुनेछ ।

उक्त फेशन सो पश्चात नृत्य, च्याभ्रुङ नाँच लगायत गायकहरु तारा लोक्साम, प्रनेश लीम्बु र ब्रबिम शेर्माले गीत गाएर कार्यक्रमको अन्त्य सम्म सबैलाई भरपुर मनोरञ्जन दिलाए ।

समाजका अध्यक्ष डम्मर सिङ्गकले पाहुना तथा उपस्थित सम्पुर्णलाई हार्दिक धन्यवाद दिदै कार्यक्रम औपचरिक रुपले सकिएको र बाँकि समय मनोरञ्जनात्मक ककटेल नृत्य भएको जानकारी दिए ।

विहानको १० बजे बाट सुरु भएर साझको ७ बजे सम्म चलेको उक्त कार्यक्रम संस्थाको सचिव जय मादेम्बाले सञ्चालन गरेका थिए, साङ्गेतिक कार्यक्रमलाई मोडेल तथा नायिका सिर्जना निङलेकुले संचालन गर्नु भएको थियो र सहध्यक्ष श्रीमती सानु सुब्बाले स्वागत मन्तब्य दिएका थिए ।

प्रतिक्रिया