अन्तराष्ट्रिय नेपाली मुस्लिम समाज कतारको ईद मिलन कार्यक्रम भव्यताका साथ सम्पन ।

इनेप्लिज २०७६ जेठ २५ गते १८:०३ मा प्रकाशित

ईनेप्लिज कतार ।
अन्तराष्ट्रिय नेपाली मुस्लिम समाज कतारको ईद मिलन समारोह भव्यताका साथ सम्पन भएको छ ।
मुस्लिम समुदायहरुको महान पर्ब ईद उल फित्रको अवसर पारेर गत ६ जुनका दिन शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरि दोहामा मनाइएको हो ।

ईदको तेश्रो दिन समाजका अध्यक्ष मुक्तादा मुसलमानको सभापतित्वमा सम्पन्न उक्त समारोहका प्रमुख अतिथि नेपाली नियोग कतारका कार्यवाहक राजदुत लक्ष्मण खनालले ईदको शुभकामना दिदै सबै धर्म समुदायका चाड पर्बहरु नेपालको साझा पर्ब हो सबै मिलेर मनाउनु पर्ने बताउदै शुभकामना आदान प्रदानको कार्यक्रम आयोजना गर्ने अन्तराष्ट्रिय नेपाली मुस्लिम समाजलाइ धन्यबाद सहित समाजको प्रशंसा गरेका थिए ।

कार्यक्रममा समाजका अन्तराष्ट्रिय संयोजक प्रोफेसर रमाजन अलि मिया, नेपाली दुताबासका दित्तीय सचिव प्रविन भट्टराई, समाजका प्रमुख सल्लाकार करिम बख्श मिया , बरिष्ठ सल्लाहकार अजिज अलि लगायत दोहामा रहेका नेपाली मुस्लीम तथा गैह्र मुस्लीमहरुको बाक्लो उपस्थीती रहेको थियो ।

उक्त कार्यक्रमको केही तस्वीरहरु हेर्नुहोस् ।.

 

प्रतिक्रिया