एनआरएनए एनसिसि कतारको प्रथम उपाध्यक्षमा गुरुङको उम्मेदवारी-विज्ञप्ति सहित

इनेप्लिज २०७६ जेठ २५ गते ११:१६ मा प्रकाशित

इनेप्लिज,कतार । एनआरएनए एनसिसि कतारका वर्तमान कोषाध्यक्ष उत्तम गुरुङले आगामी २०१९–२०२१ कार्यकालका लागी उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारीको घोषणा गरेका छन ।

गत सात उनले सामाजिक संजाल फेसबुक मार्फत “मेरो अपिल” भन्दै आफुले एनआरएन एनसिसि कतारको उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।

गुरुङले एनआरएनए कतारको २०१७–२०१९ को कार्यकालमा कोषाध्यक्षको रुपमा रहेर काम गरे पश्चात आफुले सिकेको र महशुस गरेकोे समाज सेवा भित्रको मर्म र भावनालाई अझै बढी प्रभावकारी बनाउन हेतुका साथ आफुलाई कतारमा कार्यरत रहेका नेपाली श्रमिकहरुको हकहितका लागि काम गर्ने दृढ इच्छा रहेको बताउदै आगामी २०१९–२०२१ कार्यकालका लागी उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारीको घोषण गरेको “मेरो अपिल” नामक विज्ञप्तिमा समावेश छ ।

उनको उक्त विज्ञप्ति सँगै फेसबुकमा दोहा बासी नेपालीहरु तथा अन्य मुलुकमा रहेका नेपालीहरुले गुरुङ असल र इमान्दार रहेकाले उनलाई जितका लागी अग्रीम  बधाई भन्दै प्रतिकृयहरु दिएका छन ।

 

गुरुङले आफ्नो फेसबुक खातामा जारी गरेको विज्ञप्ति जस्ताको त्यस्तै पढ्नुहोस्

“मेरो अपिल !
  • “गैरआवसिय नेपाली संघ कतारको प्रथम उपाध्यक्षमा मेरो उम्मेदवारी”
आदरणीय गैरआवसिय नेपाली संघका सस्थापक एवं अग्रज अभियन्ता, पंजिकृत सदस्य महानुभाव्, कतारमा कार्यरत सम्पुर्ण गैरआवसिय नेपाली दाजु भाई तथा दिदी बहिनिहरु, एवं पत्रकार मित्रहरुमा हार्दिक नमस्कार ।
NRNA NCC कतारको 2017-2019 कार्यकालमा कोषाध्यक्षको रुपमा रहेर काम गरे पस्चात मैले सिकेको र महशुस गरेकोे समाज सेवा भित्रको मर्म र भावनालाई अझै बढी प्रभावकारी रुपमा यसै साझा सस्था मार्फत थप कार्य गर्ने उद्देश्य अनुरुप आगामी अगस्ट २३ तारिखका दिन हुन लागिरहेको गैरआवासीय नेपालि संघ कतार को 2019-20121 कार्यकालको निर्वाचनका लागि प्रथम उपाध्यक्षमा उमेद्वारी दिने बिचार बनाएको यहाँहरु सबैलाई सहर्ष जानाकारी गराउन चाहन्छु ।
कतारमा कार्यरत नेपाली श्रमिकहरुको अभिभाकत्व निभाइरहेको साझा संस्थामा रहेर नेपाली श्रमिकका हक, हितका लागि काम गर्ने आफ्नो दृढ इच्छा राख्दै, सबै परिषद सद्स्यहरुको साथ, सहयोग र बिस्वाशका साथ आफु निर्वाचित भएमा आगामी दिनमा सस्थाको सम्पूर्ण पदाधिकारीसँग हातेमालो गर्दै, सही योजना र कार्यक्रममा प्रत्यक्ष सहभागी भइ सस्थालाई अझै सबल्, सक्षम र सबै नेपाली श्रमिकहरुको हक, हितको पक्षमा काम गर्न सक्ने तर्फ उन्मुख गराउदै हरेक नेपाली श्रमिकको दुख सुखमा साथ दिन सक्ने तर्फ अगाडी बढाउन हजुरहरु कै सल्लाह सुझाबका साथ आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका निर्बाह गर्ने प्रतिबद्द्ता यहाँहरु समक्ष गर्दै प्रथम उपाध्यक्षमा रहेर सेवा गर्ने मौका दिनु हुन सम्पूर्ण NRNA NCC कतारको पंजिकृत सदस्य सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गर्दछु ।
साथै NRNA NCC कतारले 2019-2021 कार्यकालको लागि सदस्यता आव्हान गरेको समेत जानकारी गराउन चाहन्छु । सक्दो बढी सदस्यता लिई दिन पनि सबै कतारवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गर्दछु ।
उत्तम गुरुङ,
कोषाध्यक्ष,
NRNA NCC Qatar

प्रतिक्रिया