बिहीबार, भदौ ५ २०७६
काठमाडौं २२:१३
वासिङटन डिसी 12:28

डिसी मेट्रो सप्ताहको तयारी सम्बन्धी चौथो तथा अन्तिम टाउन हल मिटिंग जुन ९ तारिखमा हुने

इनेप्लिज २०७६ जेठ २५ गते १:४२ मा प्रकाशित

७ जुन, वासिगंटन डिसी। नेपाली अमेरिकन कम्युनिटी सेन्टर निर्माण लक्ष्य सहित आयोजना गरिएको डिसी मेट्रो सप्ताहको तयारी सम्बन्धी चौथो तथा अन्तिम टाउन हल मिटिंग यही जुन ९ तारिख हुने भएको छ ।

आगामी जुन ९ तारिख आईतबार सेन्टरभील पब्लिक लाईब्रेरीमा हुने टाउन हल बैठकको बिस्तृत जानकारी सहित सबै संघ संस्थाका प्रतिनिधी र सामाजिक अभियन्ताहरुलाई सहभागी बन्नु हुन हार्दिक आव्हान गरिएका विभिन्न सुचना र समाचारहरु निरन्तर प्रकाशित भै रहेको आयोजकले जनाएका छन् ।

विभिन्न चरणमा एवं विभिन्न क्षेत्र र समुहसंग भएका छलफल, बैठक र कार्यक्रमहरु र हरेक सोमबार साझ ८ बजे हुने कन्फरेन्स कल बैठक(दूर संचार प्रणाली ) को माध्यम द्वारा यस क्षेत्रमा रहेका नेपाली समुदायमा नयाँ तरंग, उत्साह र हैसलाको बाताबरण बनिसकेको सप्ताह पुराण कार्यक्रमका संयोजक अरुण रुपाखेतीले जानकारी दिएका छन् ।

भब्य र सभ्य कलश यात्राको तयारीमा विभिन्न सहरहरुमा बसोबास गर्नुहुने दर्जनौं नेपाली महिला दिदी बहिनीहरु जुटेर अन्तिम तयारीमा पुगि सकेको समाजसेवी मन्जु संग्रौलाले बताएकी छिन् ।

त्यसैगरी विभिन्न समुह समुहहरु बनाई कामहरुको बाँडफाड भएको र त्यसको अन्तिम तयारी छलफल यही ९ तारिख हुने टाउन हल मिटिंगमा हुने यस अभियानमा खट्नु भएका सामाजिक अभियन्तहरूले बताएका छन् ।

सबै जुटौ ! सबै उठौं !! यस महाअभियानमा कोही पनि नछुटौ भन्दै निमन्त्रणा पत्रहरु घरघरमा पुगिसकेको एनआरएन भर्जिनियाका सभापति गोबिन्द सुबेदीले बताए । साथै पुराणमा सम्पन्न गरिने धार्मिक बिधी र पुजाहरुको तयारी व्यापक भैरहेको जानकारी अर्का अभियन्ता राजेन्द्र खनालले गराएका छन् ।

टाउन हल बैठक कार्यक्रमको विवरण:

ठेगाना: 14200 Saint Germain Dr
Centreville, Virginia 20121
Time 3.00 pm, Centreville Regional Library

 

प्रतिक्रिया