सोमबार, असार ९ २०७६
काठमाडौं २३:५०
वासिङटन डिसी 14:05

मनाससका पिज्जा पुर्याउने सुनिल न्युयोर्कमा पक्राउ

इनेप्लिज २०७६ जेठ २५ गते ०:१८ मा प्रकाशित

 

अमेरिकाको भर्जिनियाको मनाससमा पिज्जा पुर्याउने सुनिल नासिम नामक व्यक्ति न्युयोर्कमा पक्राउ परेका छन् । उनलाई न्यूयोर्कको प्रहरीले गत बिहिबार राती पक्राउ गरेको हो ।

उनलाई पिज्जा पुर्याउने क्रममा उनले ग्राहकलाई यौन आक्रमण गरे पछि उनलाई पक्राउ गरिएको छ । भर्जिनियाको लाउडन काउन्टी(जिल्ला जस्तै ) का प्रहरीका अनुसार ४७ बर्षिय सुनिल नासिमले गत महिना महिला ग्राहकलाई दिवा समयमा पिज्जा पुर्याएका थिए ।

अर्को पटक उनले उक्त महिलालाई सम्पर्क गरि तपाईलाई अझ ज्यादा खानेकुरा छ भनि पुर्याउन गएका थिए । दोश्रो पटक सुनिलले उक्त महिलालाई जबर्जस्ती छुएर यौन आक्रमण गरेका थिए । त्यस पछि प्रहरीलाई खबर गरिएको थियो ।

मनासस बाट भागेर न्युयोर्क पुगेका नासिमलाई गत बिहिबार जुन ६ गते फेला पारी उनलाई न्यूयोर्कको कारागारमा राखिएको छ । उनलाई भर्जिनिया सुपुर्दगी काम हुदै छ । यो मामलामा भर्जिनियाको लाउडन काउन्टीको शेरिफ कार्यालय(प्रहरी) बिशेष पिडित ईकाईले अनुसन्धान गरेको थियो ।

श्रोत :लोकलडिभीएम डटकम
तस्बिर :लाउडन काउन्टी शेरिफ कार्यालय(प्रहरी)

प्रतिक्रिया