भक्तपुर, २४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देश भित्रै रोजगारीका अवसर सिर्जना गर्ने बताएका छन् ।
भक्तपुरमा शुक्रबार प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको शुभराम्भ गर्दै प्रधानमन्त्री ओलीले रोजगारीका लागि नयाँ नयाँ अवसरको खोजी गर्ने र वैदेशिक रोजगारीको विकल्प खोजिने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले देश विकासका लागि अहिले उपयुक्त समय रहेको पनि बताए । ‘देशमा अहिले युवाको जनसंख्याको बाहुल्यता छ’, उनले भने, ‘यही युवा जनशक्तिको परिचालन गरेर हामीले देश विकासको फड्को मार्नु पर्दछ । युवाहरुलाई रोजगारीका लागि विदेश जानु पर्ने बाध्यता हटाउछौं ।’
प्रधानमन्त्री ओलीले कतिपय मान्छेहरु क्रान्तीका नाममा हिंसा भड्काउन खोजेको टिप्पणी गरेका छन् । ‘नेपाललाई गरिब बनाइ राख्ने षडयन्त्रमा कोही पनि फस्नु हुदैन’, ओलीले भने, ‘हिंसालाई नेपाली समाजले अस्विकार गरिसकेको छ ।’
प्रधानमन्त्री ओलीले आजै कटुन्जे– सुवर्ण चौक – तीनधारा सडक निर्माणको पनि शिलान्यास गरेका छन् ।
प्रतिक्रिया