आँचल छाडेर प्रियंकासँग कम्मर मर्काउँदै पल शाह

इनेप्लिज २०७६ जेठ २४ गते ११:०१ मा प्रकाशित

प्रियंका कार्की र पल शाह नेपाली चलचित्र क्षेत्रमा व्यस्त कलाकार हुन् । उनीहरुले सयौं म्युजिक भिडियोमा अभिनय गरेका छन् । तर, जोडीका रुपमा भने कमै देखिन्छन् । ब्युटि पार्लर बोलको गीतको म्युजिक भिडियोमा पल र प्रियंका जोडीको रुपमा देखिएका छन् । मेलिना राई र ध्रुव बिस्कोको स्वर रहेको गीतको भिडियोमा पल र प्रियंकासँगै सकिना इटानी पनि देखिएकी छिन् । सरोज ओलीको निर्देशनमा बनेको म्युजिक भिडियोलाई सुदिप बरालले खिचेका हुन् । राजीव समरको कोरियोग्राफी रहेको भिडियोलाई सन्देश शाहले सम्पादन गरेका हुन् । दीपक शर्माको संगीत, श्रमिक बरालको शब्द रहेको गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् ।

हेर्नुस भिडियो :

प्रतिक्रिया