मंगलबार, असोज २८ २०७६
काठमाडौं १३:२३
वासिङटन डिसी 03:38

मेरिल्याण्डका ४३ हजार चालक अनुमति पत्र फिर्ता बोलाइने,छिटो नबुझाए जफत गरिने

इनेप्लिज २०७६ जेठ २४ गते २:४५ मा प्रकाशित

मेरिल्याण्ड राज्यमा झन्डै लाखौ चालकहरुले सवारी यातायात विभागलाई राज्यले केही मागेको आवश्यक कागजात नबुझाएको कारण चालक अनुमति पत्र ( ड्राभर्स लाइसेन्स ) छिट्टै फिर्ता बोलाउने भएको छ ।

यही महिना करिव ८० हजारलाई अन्तिम म्याद बुझाउने बारे चेतावनी दिएको छ । केहीले राज्यले मागेको कुरा पालना गरेका छन् । करिव मोटामोटी ४३ हजारले राज्यले मागेको आवश्यक सूचना दिएका छैनन् ।

जो अझ सम्म पनि मेरिल्याण्डका सवारी साधन यातायात( एमभिए )कार्यालय गएर उचित कागजात संघीय सरकारले माग अनुसार बुझाएका छैनन् भने जुलाई ३ सम्म समय तोकिएको छ । उक्त समय भित्र प्राप्त भएन भने फिर्ता बोलाउने तयारी भै रहेको छ ।

यदि तपाईलाई प्रहरीले त्यस पछि अनुमति माग्दा पाएमा जफत सम्म गर्ने छ । संघीय सरकारको वास्तविक परिचय पत्र कार्यक्रम ( रियल आईडी प्रोग्राम )सेप्टेम्बर ११ ,२०११ को आतंकबादी आक्रमणको परिणाम अनुसार गर्न लागिएको हो । आफ्नो हुलिया चोरी हुन् बाट बचाउन तथा आफ्नो परिचय सुरक्षित उचित रुपमा राख्न यो कदम चालिएको हो ।

वास्तविक परिचय पत्र बिना बिमानमा प्रवेश तथा संघीय भवनहरुमा समेत प्रतिबन्ध हुने छ । अर्को बर्ष अक्टोबर २०२० सम्म रियल आईडि ( वास्तविक परिचय पत्र ) अर्थात् चालक अनुमति पत्र लिन समेत सबैमा जानकारी गराएको समाचार डब्लुटिओपी मा समाचार छ ।

प्रतिक्रिया