शुक्रबार, कार्तिक २९ २०७६
काठमाडौं २१:२५
वासिङटन डिसी 10:40

बाल्टिमोरमा हुने नेपाली राष्ट्रिय सम्मेलन एनपिपिएले अहम भूमिका निर्वाह गर्दै

विजय थापा २०७६ जेठ २४ गते १:०५ मा प्रकाशित

डिसि ।अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित नेपा पास पुचः अमेरिकाये (एनपिपिए)ले बाल्टिमोरमा हुने नेपाली राष्ट्रिय सम्मेलनमा अहम भूमिका निर्वाह गर्दै काम सुरु गरेको छ । मूलत नेवाः समुदायको परम्परा ,संस्कार तथा सांस्कृतिक धरोहरलाई संरक्षण तथा जगेर्ना गर्ने उद्धेश्य रहेको संस्था सन् १९९१ मा स्थापना भएको हो ।

आगामी जुलाई ५ देखि ७ सम्म बाल्टिमोरमा हुने नेपाली राष्ट्रिय सम्मेलनको लागि दर्ता प्रक्रियाको लागि आयोजकले उत्तरदायीत्व सुम्पिए पछि संस्थाका पदाधिकारीहरुले आफ्नो लामो तथा गहन अनुभवलाई सम्मेलनमा अझ व्यवस्थित रुपमा काम गर्ने भएका छन् । एनपिपिए ले जहाँ छुन्छ त्यहाँ शुभ हुन्छ र काम व्यवसायिक रुपमा सफल हुन्छ ।

एनपिपिए अमेरिकामा स्थापना भएका क्रियाशील गैर मुनाफा सामाजिक संघ/ संस्था मध्ये कै उच्च श्रेणीमापर्दछ । आफ्ना कार्यक्रम उत्कृष्ट गर्न सफल एनपिपिएले दर्ता प्रक्रियाको जिम्मेबार लिने भए पछि नेपाली समुदायमा सकारात्मक संदेश गएको छ । समाज व्यवस्थित हुने कुरामा निर्धक्क भएका छन् ।

एनपिपिए को २५ औ रजत जयन्तिको अवसरमा मह जोडी (मदन कृष्ण श्रेष्ठ तथा हरि वंश आचार्य)लाई झिकाएको थियो । उक्त सम्पन्न कार्यक्रम ऐतिहासिक रुपमा सम्पन्न गराउन वर्तमान अध्यक्ष राजु जोशी ,पूर्व अध्यक्ष सरोज प्रजापति र पूर्व अध्यक्ष तथा प्रमाणित सार्वजनिक लेखापाल (सिपीए ) लक्ष्मण प्रधान लगायत एनपिपीए परिवारको अथक मेहनत रहेको थियो ।

बाल्टिमोरमा हुने नेपाली राष्ट्रिय सम्मेलनमा यिनै सशक्त ,क्षमतावान ,योग्य ,अनुभवी र निस्वार्थ रुपमा समाजमा काम गरि रहनेहरुको साथ नेपाली राष्ट्रिय सम्मेलनलाई हुने छ । लेखा परीक्षक लक्ष्मण प्रधानले अन्य संघ/संस्थामा काम गरि सकेका छन् भने कसरी न्यूनतम खर्च गरि सम्मेलनलाई क्षति नगराउने र बरु आर्थिक लाभ हुने योजनामा तल्लिन रहि काम सुरु गर्ने भएका छन् । यो नेपाली राष्ट्रिय सम्मलेनको लागि खुशीको कुरा हो ।

स्मरण रहोस सम्मेलन सफल बनाउन डिसी महानगर क्षेत्रका २८ भन्दा ज्यादा संघ/संस्था संग समन्वय गरिएको छ । दोश्रो नेपाली राष्ट्रिय सम्मेलन कुनै पनि संस्थाको एकल पहल र अगुवाईमा नभई सयुक्त रुपमा नेपाली राष्ट्रिय सम्मेलन नामकरण गरि एएनए ,आन्मा ,अनेसास र बानाले सयुक्त रुपमा आयोजनामा गर्ने छ ।

सम्मेलन होटल रेड लायन नर्थ बाल्टिमोरमा हुनेछ । सबैलाई सरल र सहज होस् भनि कोठाहरु आरक्षित(बुकिङ्ग )खुला गरिएको छ । आगामी जुन १५ का दिन नेपाली राष्ट्रिय सम्मेलनको लागि भौतिक बैठक पनि बस्ने आयोजकले जनाएका छन् । नेपाली राष्ट्रिय सम्मेलनको संरक्षकमा महाबाणिज्य तथा वरिष्ठ लोक गायक दुत प्रेम राजा महत रहनु भएको छ । जनसम्पर्क अधिकारी तथा प्रवक्तामा एएनएका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी हुनु हुन्छ ।

सम्मेलनलाई सफल बनाउन मूल समिति पनि निर्माण गरिएको छ । उक्त मूल समितिमा अन्तर्गत सम्मेलन सभापति विजय श्रेष्ठ , बानाका अध्यक्ष सुबोध विलास पन्त ,एनईसिसी अध्यक्ष खिलेन्द्र न्यौपाने ,अनु श्रेष्ठ वन्त ,लोक तिवारी ,एएनएका अध्यक्ष मेदिनी अधिकारी ,आन्माका अध्यक्ष बलराम पन्थी ,एनएनएका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी ,एएनएका महासचिव विजय भट्टराई ,सिपिए लक्ष्मण प्रधान ,आन्माका महा सचिव डा दिवाकर दाहाल ,सरोज प्रजापति लगायत ,क्रिस घिमिरे ,कुलमणि आचार्य ,एएनएसका वरिष्ठ उपाध्यक्ष डा बिष्णु घिमिरे ,समिर महर्जन रहनु भएको छ ।

प्रतिक्रिया