संगीत बुझ्नेहरुका लागि संगीत आफैमा एक नशा हो। नेपालमा संगीतमा लाग्न चाहनेहरुको लगाव र लगानी देख्दा
अझ त्यो कुरा प्रस्ट हुन्छ। संगीतको बजार सानो छ अझ भिडियो अडियो आधिकारिक रूपमा किनेर सुनेर जमाना नरहेपछि लगानी उठाउने ठाउँ कि त स्टेज कि त युट्युव बन्न पुगेको छ। समय फेरिएको छ आफ्नो क्रीयशनमा लाखौ लगानी गरेर भोलिको सुनौलो भविस्यको कल्पनामा कलाकारहरु निरन्तर अघि बढिरहेका छ्न ।
पार्श्व गायनमा सम्भावना भएका मीठो स्वरका धनी गायक देबेन्द्र बरालले आफ्नो दोस्रो नयाँ म्युजिक भिडियो ‘ बग्न थाले म ‘ सार्वजनिक गरेका छन। रोमान्टिक भर्सनको म्युजिक भिडियोमा दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।
‘ बग्न थाले म ‘ बोलको यस गीतमा स्वर चर्चित गायिका अन्जु पन्त र देबेन्द्र बरालको रहेको छ। गीतको शब्द डीपी खनालले लेखेका हुन भने गीतमा संगीत शंकर थापा ‘ स्माइल’को रहेको छ। गीतमा बिश्व अधिकारीको एरेन्ज्मेन्ट छ। पवन सुस्लिङले सम्पादन र छायांकन गरेको भिडियोमा रोहित बिश्वकर्मा र नम्रता श्रेष्ठको अभिनय रहेको छ। शिशिर खातीको कोरियोगार्फी र निर्देशनमा भिडियो निर्माण भएको हो।
प्रतिक्रिया