शुक्रबार, मंसिर ६ २०७६
काठमाडौं २३:४१
वासिङटन डिसी 12:56

बाल्टिमोरमा बाना लगायत विभिन्न संघ/संस्थाको सयुक्त बनभोज हुने

इनेप्लिज २०७६ जेठ २३ गते १:३४ मा प्रकाशित

बाल्टिमोरको छाता संगठन बानाले स्थापना काल देखि नै बनभोज कार्यक्रम आयोजना गर्दै आई रहेकोले यस बर्ष पनि बनभोजको आयोजना गर्ने भएको छ ।

गत बर्षमा पनि सयुक्त रुपमा बनभोज मनाएको बानाले यस बर्ष पनि अन्य संस्थाहरु संग मिलेर सयुक्त रुपमा मनाउने भएको छ । यस पटक पनि सह आयोजकको रुपमा एनआरएनए मेरिल्याण्ड शाखा ,नासो समुदाय ,अमेरिका तनहूँ सोसाइटी ,तमु समाज,लम्जुङ समाज ,बाग्लुङ समाज तथा म नेपाली ले सयुक्त रुपमा एकै साथ बनभोज मनाउन सहमति भएका छन ।

आगामी ३० जुन, आईतबारका दिन गन पाउडर (Gun Powder) मा गृष्म बनभोज मनाउने हुँदा सबैलाई उपस्थिति हुन् अनुरोध गरेको छ ।

प्रतिक्रिया