टोकियोमा स्मृति ब्याण्डको च्यारिटी शो हुने

इनेप्लिज २०७६ जेठ २३ गते ०:५३ मा प्रकाशित

६ जुन, शिनओकुबू, टोकियो

२०७२ सालमा नेपालमा आएको महाविनासकारी भूकम्प र लगातार आईरहेको पराकम्प पश्चात् नेपालमा मनोसामाजिक/मनोवैज्ञानिक शिक्षा, स्वास्थ्य र भूकम्पको पुर्नस्थापना र पुन:निर्माणको क्षेत्रमा काम गरिरहेको सेन्दाई स्थित जापानको प्रतिस्ठित सामाजिक संस्था जापान इन्टरनेशनल सपोर्ट प्रोग्राम (जे.आई.एस.पि)ले टोकियोमा नेपाली संस्कृतिक संगीत सहितको च्यारिटी शो को आयोजना गर्ने भएको छ ।

यही जुन २३ आइतबार हामामाच्यो स्थित मन्दिर रेस्टुरेन्टमा हुने कार्यक्रममा नेपाल बाट न्यू अर्लिन्स क्याफे ठमेलको नेपाली लोक सांस्कृतिक ब्याण्डं “ स्मृति ब्याण्डं “ समूहका कलाकारहरू प्रिन्स नेपाली (सारंगी) ,बाबुराजा महर्जन (तबला ,मादल), बिनय महर्जन (बासुरी) ले आफ्नो प्रस्तुति दिनु हुनेछ ।त्यस भन्दा अगाडी जुन २१ मा ऐभर्रेस्ट इन्टरनेशनल स्कुलमा जापानिज बालबालिकाहरूलाई नेपालि बाद्यबादन सामाग्रीहरूको परिचय र प्रदर्शनको कार्यक्रम पनि रहेको छ, भने भलिपल्ट २२ जुनमा सिनोकुबो स्थित सोलमारी रेस्टुरेन्टमा पनि सानों संगितिक कार्यक्रमको आयोजना हुने जे.आई.एस.पि का डायरेक्टर मुवास्लात मायुमीले जानकारी गराउनुभयो ।

पूर्णतया नेपाली कला र संस्कृतिको झल्को दिने यस कार्यक्रममा सहभागीता जनाई दिनुहुन संस्थाले सबै जापानी तथा नेपाली मित्रहरु, संघ, संस्थालाई सहभागिताको लागि सार्वजनिक अप्रिल गरेको छ । कार्यक्रममा आयोजकको तर्फबाट नेपालमा हालसम्म भएगरेका कामको जानकारी पनि प्रस्तुत गरिने छ ।

जापान इन्टरनेशनल सपोर्ट प्रोग्राम (जे.आई.एस.पि)ले नेपालमा काठमाडौँ, भक्तपुर, सिन्धुपाल्चोक र सप्तरी जिल्लामा विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । नेपाल बाहेक जापानको तोहोकु, कुमामोतो लगायत केन्या र बगलादेशको रोहिण्या शरणार्थीको क्षेत्रमा पनि यो संस्थाले कार्यक्रम गर्दै आएको छ । संस्थामा मानसिक स्वास्थ्य तथा मनोसामाजिक बिज्ञको रुपमा नेपाली व्यक्ति डा.विजय ज्ञवाली कार्यरत हुनु हुन्छ ।

सांगीतिक कार्यक्रमको लागि १० हजार एेनको टिकटको ब्यबस्था गरीएको छ जसमा बिधाथीवबर्गको लागि ५ हजार ऐन र ६ बर्ष मुनिका बालबालिकाहरूलाई प्रबेश निःशुल्क रहेको छ । यस कार्यक्रमबाट उठेको रकम नेपालका लागुहुने विभिन्नखालका सामाजिक परियोजना हरुमा लगानी गरिने छ ।

प्रतिक्रिया