अपाङग केन्द्रमा प्रिन्सा खड्काको जन्मदिन, रुपाकृष्णले खुलाए बच्चा जन्माउने योजना (भिडियो)

इनेप्लिज २०७६ जेठ २२ गते २३:५५ मा प्रकाशित
जेठ २२- काठमाण्डौं, अन्तराष्ट्रिय स्थरमा ‘मिनी मोडल वल्ड २०१९’ को उपाधी हाँसिल गर्ने ५ वर्षिया प्रिन्सा खड्का ५ वर्ष पुगेर ६ वर्षमा लागेकी छिन । गत मार्चमा इजिप्टमा आयोजित अन्तराष्ट्रिय ब्युटी प्याजेन्टमा उनले नेपालको नाम राख्दै मिनी मोडल र बेष्ट डान्सर गरेर दुई उपाधि चुमेकी थिईन । प्रिन्सा नेपालमा पनि लिटिल मिनी मोडल २०१९ को टाइटल होल्डर हुन ।
हिजो अर्थात जेठ २१ गते प्रिन्साको जन्मदिन काठमाण्डौं माछापोखरीमा अवस्थित अपाङ सरोकार केन्द्रमा सामाजिक सञ्जालमा निक्कै भाईरल करेन्ट लागेर दुवै हात र एउटा खुट्टा गुमाएका रुकुमका कृष्ण ओली र उनकी श्रीमती रुपा मगर ओलीको विशेष उपस्थितिमा भब्यताका साथ मनाइएको छ । जन्मदिको अवसरमा रुकुमका चर्चित गायक तथा मोडल जय देवकोटा, मोर्निंग ग्लोरीकी म्यानेजिङ डाइरेक्टर मोहना खनाल लगायत आफन्तजन र उनका शुभचिन्तक, केन्द्रका ४३ जना अपाङ्गहरु साथै विभिन्न मिडियाकर्मीको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।
अपाङ्ग केन्द्रमा विभिन्न किसिमले अपांगता भएका पुर्व देखि पश्चिम र उत्तरदेखि दक्षिणसम्मका नेपालीहरु कोहि आफन्तको साहारा बिना, कोहि बेवारिसे बनाइएका आज एउटै परिवार बनेर बसिरहेका छन । हामीलाई यहाँ आएर जन्मदिन मनाईदिँदा धेरै खुसि लाग्छ चाडवाड आए जस्तो हुन्छ अपाङ्गहरु खुसिले गदगद हुँदै भने । २०६५ सालमा सुरुगरिएको संस्थाले अहिले सम्म कुनै बिदेशी संघ सस्थाको सहयोग लिएको छैन । एनजीओ आइएनजिओ भनेका १० जनालाई खुवाएर १०० जनाको बिल पेश गर्ने संस्था हुन, त्यसैले हामीले कुनै संस्था वा एनजीओमा धाएक छैनौँ सरोकार केन्द्रका संस्थापक अध्यक्ष नवराज अधिकारीले सिधा न्युजसँगको कुराकानीमा बताउनु भयो । हामीलाई सरकारबाट केहि सेवा छैन, बसेको जग्गाको भाडा मात्र तिरिदिए कति खुशी हुन्थिम होला ! अपांग तथा केन्द्रकी अध्यक्ष माया भुसालले गुनासो गरिन ।
कार्यक्रममा कृष्ण ओलीले आफुँलाई यो केन्द्रमा आउँदा निकै साहस र मनोवल मिलेको बताए । ४६ वर्षको आमाले यस्तो अपाङ केन्द्र हाँकेको देख्दा मलाई थप उर्जा मिल्यो कृष्णले भने ।
सरोकार केन्द्रलाई प्रिन्साको जन्मदिको अवसरमा उनका आमाबुवाले करिब ३०,००० हजारको रासनपानी नगत, फलफूल तथा जिन्सी सहयोग गर्नुभएको छ । हामीले घरमा धुम धड्का जन्मदिन, एनिभर्सरी मनाउनु भन्दा यस्ता असाय अपाङहरुलाई सहयोग गर्नु उहाँहरुलाई खुसि बनाउनु नै सत्कर्म धर्म हो प्रिन्साका आमाबुवाले बताए ।

प्रतिक्रिया