अमेरिका आएर पनि अमेरिकन जिवन बाच्न नसकेका हामी नेपाली !

महेश भट्टराई २०७६ जेठ २१ गते २१:११ मा प्रकाशित

नेपालमा छदा तिन पुस्ता लाई पुग्ने गरि पैसा कमाउनु नै जिवन सफलताको मापदन्ड हो भन्ने सोच र मान्यता बोकेर अमेरिका छिरेका हामीहरू यसैमा अलमलिएका छौ ! अर्को जड सोच पढाईका धेरै डिग्रीहरू थुपार्नु र आफै लाई ठुलो मानिस र सफलता ठान्नु हो ।

सामान्य पैसा र पढाई भएका अमेरिकनहरू पनि सफल खुशी साथ जिन्दगी बाचेका आफ्नै आखा अगाडि देख्दा पनि हामीहरूले आखा चिम्लिरहेका छौ ।
हप्तामा पाच दिन चालिस घन्टा काम गर्नु पर्नेमा सातै दिन हप्ता मै ८० घन्टा डब्बल काम गर्छौ । निक्कै मेहनति छौ हामीहरू ! घर, परिवार, खुशी, घुमघाम, जिवन सबै भुलेर अरबको खाडीमा केहि बर्षको लागि पैसा कमाउन गएको मानिसले जस्तै काम गर्दैछौ अमेरिकामा ! किन र के का लागि ?

छोराछोरी १०+२ सम्म सरकारले फ्रि मा पढाई दिन्छ ।१६ बर्ष पुगे पछि नै आफ्नो पकेट मनीको लागि काम शुरू आफै गर्छन । ठिक्क काम गरे पछि निम्न आम्दानीमा कलेजमा स्कलरसिप । ब्याचलर सम्म फ्रि नै भयो । ब्याचलर गरे पछि कम्तिमा पनि ६०/७० हजार डलर जागिर हात पारि हाल्छन । आफ्नो खुट्टा उभिने भै हाल्छन फेरि के को टेन्सन ।

अमेरिकामा आएर पनि अझै पनि हाम्रो मानसिकता छोराछोरी लाई डाक्टर र इन्जिनियर मात्र बनाउने सपना देख्ने हो भने के भनौ ! मेरो देखाइ र बुझाईमा अमेरिका डाक्टर जिवन जस्तो ब्यस्त र दुखी जिवन अरूको छैन ।

नेपालमा सचिव, मन्त्रि, ब्यापारी उध्योगपति वा अरब पति बावुआमा भए पनि अमेरिकामा बिधार्थीहरूको संघर्ष र जिवनको कथा आफ्नै छ।

काममा घन्टा हान्नेहरू घन्टा हानेर डलर गन्दैछन । ब्यापार गर्नेहरू रातोदिन मेहनत गरि अरु ब्यापार ब्यापार थप्दैछन । अमेरिकन जिवनको पाटो लाई बिर्को लगाएर राखिएको छ ।
एक सर्बे़क्षण अनुसार अमेरिकमा एक परिबारको लागि औसत आम्दानी ७५ हजार कमाएमा खुशी भएर बाच्न सकिन्छ । एक लाख भन्दा बढि कमाउने हरू पैसाकै ब्यबस्थापनमा जिन्दगीभर भौतारिरहेका हुन्छन । ठिक्क कमाउनेहरू नै जिवनमा मोजमस्ति गरि खुशी साथ बाचेका हुन्छन ।

अवशरको देशमा आएर पनि हामीहरू नया अवशर र खुशीको जिवन बाच्न सक्दैनौ र सिक्दैनौ भने नेपाल कै गाऊघरमा बसे भै हाल्यो नि । गाउघरमा घास दाउरा , गोवर सोत्तर र बारी खेत गरे जस्तै यहा पनि सधै भरि काम काम काम पैसा पैसा पैसा भनेर अमेरिकन खोल ओडेर पनि के को जिवन बाच्नु र ?

देश, समय, अबस्था, आबस्यकता संगै हाम्रो सोच र ब्यबहारमा पनि परिबर्तन आबश्यक छ । भावीले लेखेको जिवन धेरै छोटो हुन सक्छ जहा छौ जे छ त्यसैमै हरेक पल हरेक क्षण खुशी संग बाच्न सिकौ !

प्रतिक्रिया