एशिएन म्युजिक प्रोडक्सनको प्रस्तुतिमा वेब सिरिज ’21st Love को दोश्रो सिजन ’21st Love'(Season of love 2) को शुभ मुहर्त संगै छायांकन शुभारम्भ

इनेप्लिज २०७६ जेठ २१ गते १०:५६ मा प्रकाशित

एशिएन म्युजिक प्रोडक्सनको प्रस्तुतिमा वेब सिरिज ’21st Love को दोश्रो सिजन ’21st Love'(Season of love 2) को शुभ मुहर्त संगै छायांकन शुभारम्भ गरिएको छ । मंगलबार बिहान कमलादी गणेस्थानमा पुजा गर्दै शुभ मुहर्त गरिएको हो । ’21st Love'(Season of love 2) सिरिजको काठमाडौँ वर पर नै छायाँकन गरिनेछ। एक्काइस भाग निर्माण गरेर पहिलो सिजन सकिएको थियो । अब दोस्रो सिजन पनि २१ भागको नै रहने निर्माता इश्वर गुरुङले बताए । माया प्रेमको कथा नै समेटिने सिरिजमा पहिलो सिजन भन्दा दोश्रो सिजन अझै उत्कृस्ट बनाउने निर्माण टिमको तयारी रहेको छ । पहिलो सिजनलाई दर्शकले राम्रो साथ दिएका थिए र सिरिजले राम्रो प्रतिक्रिया पनि पाएको थियो ।

भिवोर पोखरेलले निर्देशन गर्ने सिरिजको कथा पनि उनले नै लेखेका हुन् । सिरिजको निर्माता इश्वर गुरुङ हुन् भने सह निर्माता खगेन्द्र श्रेष्ठ र दिपेन्द्र तामाङ रहेका छन् । मिलन शंकरले छायांकन गर्ने सिरिजलाइ सुप्रिम परजुलीले सम्पादन र कलर संयोजन गर्नेछन् । सिरिजमा अनुष्का अधिकारी,संयोग गुरागाईं,रिजन थापा,स्नेहा अधिकारी,कविता आले,स्मृति श्रेष्ठ,फिरोज बस्नेत,कौशल नेपाल,राज राथोड,कमल अधिकारीको मुख्य अभिनय रहनेछ निर्मल न्यौपाने,शिब पौडेल र राजेश राज गिरिले प्रोडक्सन सम्हाल्नेछन । जीवन अधिकारीको मुख्य सहायक निर्देशन, पुजा शाहीको मेक अप रहेको छ। सिरिजलाई टेलिभिजन च्यानल, आइ फ्लिक्स र यु ट्युब मार्फत रिलिज गरिने निर्माता गुरुङले जानकारी दिए ।

प्रतिक्रिया